एक सय १५ जना जेष्ठ नागरिकलाई सम्मान


भक्तपुर, १३ चैत

भक्तपुरका एक सय १५ जना जेष्ठ नागरिकहरुलाई सोमबार एक भव्य समारोहवीच सम्मान गरिएको छ । सिद्धि गणेश वचत तथा श्रृण सहकारी संस्था लिमिटेड चोर्चा भक्तपुरले संस्थामा सदस्य रहेका एक सय १५ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।

संस्थाकोतर्फबाट नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले सदस्य जेष्ठ नागरिकलाई सम्मान गरेका हुन् । विजुक्छेंले जेष्ठ नागरिकलाई दोसल्ला ओढाई सम्मान गरेका हुन् । संस्थाले प्रत्येक वर्ष संस्थाका सदस्य ७० वर्ष नाघेका बृद्धबृद्धालाई वर्षमा एकपटक यसरी नै सम्मान गर्दै आएको जनाएको छ ।

कार्यक्रममा जनाइए अनुसार संस्थाले २०६९ सालबाट जेष्ठ नागरिक सम्मान कार्यक्रम थालेको थियो । वर्षमा एक पटक गरी गतवर्षसम्म ६ सय ७१ जेष्ठ नागरिकलाई सम्मान गरिसकेको कार्यक्रममा जनाइयो । तीमध्ये स्वास्थ्यलगायतको विविध कारण ३५ जना जेष्ठ नागरिक सम्मान कार्यक्रममा सहभागी हुन नसकेको कार्यक्रममा बताइयो । सोमबार थप एक सय १५ जना सदस्य जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो ।

संस्थाले ६० वर्षमाथिका व्यक्तिहरुलाई जेष्ठ नागरिकको मान्यता दिएको छ । तर पनि सम्मान भने ७० वर्षमाथिकालाई मात्रै गर्दै आएको छ । संस्थामा पाँंच सय ९७ जना जेष्ठ नागरिकहरु सदस्य रहेको जानकारी गराइएको छ । उनीहरुबाट ४२ करोड ८० लाख रुपैयाँं बचन भएको जनाइएको छ । 

संस्था भक्तपुरकै सवैभन्दा ठूलो सहरकारी संस्था हो । यसमा कुल १६ हजार दुई सय १० सदस्य रहेका छन् । संस्थामा दुई अर्व ७० करोडको पुँजी रहेको जनाइएको छ । 
कार्यक्रममा प्रमुख अतिथि विजुक्छेंले बृद्धबृद्धाहरुको उचित स्याहारसुसारका लागि आदर निकेटनको आवश्यकताबारे चर्चा गर्नुभयो । अहिले परिवारका सदस्यहरु सवैजना व्यस्त रहने भएकाले परिवारका जेष्ठ नागरिकहरुलाई उचित स्याहारसुहार गर्ने समस्या भएको उनंले बताए । त्यसकारण त्यस्त जेष्ठ नागरिकहरुको उचित स्याहारसुसारका लागि आदर निकेतन सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । 

कार्यक्रममा ख्वप अस्पताल च्याम्हासिंह भक्तपुरका संयोजक डा रत्नसुन्दर लासिवाले सहभागी जेष्ठ नागरिकहरुलाई स्वास्थ्य हेरविचारका विभिन्न पक्षहरुबारे जानकारी गराए । उनंले समयमै उपचार गरे रोगको निदान हुने भन्दै यसतर्फ सवैजना जेष्ठ नागरिकहरुलाई सचेत रहन आग्रह गरे । 

संस्थाका अध्यक्ष रुद्रनारायण लाखाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विष्णुराम दुमरुले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम संस्थाका सचिव विष्णुप्रसाद दुमरुले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रम अघि सहभागी जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सुविधा पनि प्रदान गरिएको थियो । उनीहरुका लागि त्यहाँं प्रेसर जाँच, हाडजोर्नी, डेण्टल र जनरल स्वास्थ्य सेवा उपलव्ध गराइएको थियो । साथै निशुल्क औषधि पनि वितरण गरिएको थियो । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope