मेडिकल उदघाटन समारोहमा अध्यात्मिक प्रवचन

विशाल बस्नेत / न्युज कारखाना
१४ चैत, महोत्तरी
मेडिकल उदघाटन समारोहमा आएका अथितिहरुले के भन्लान ? स्वभाविकरुपमा बिज्ञानका बिषयमा तर्क राख्लान, मानव स्वास्थ्यका विषयमा आफ्ना विचारहरु साझा गर्लान र उदघाटन हुदै गरेको मेडिकललाई सुभकामना देलान ।
तर सनिवार सवैले सोचेभन्दा फरक वन्यो । ओम समाज डेण्टल अस्पताल उदघाटन समारोहमा आएका अथितिहरुले मानव स्वास्थ्यलाइ पनि अध्यात्मसगँ जोडिदिए ।
अथितिहरुको भाषण सुनिसकेपछी हरेक दर्शक, श्रोताहरुलाइ आफू कुनै धार्मिकसभामा सहभागी भैइरहेको छु भन्ने महसुस हुन्थ्यो ।
उक्त अस्पताल उदघाटन समारोहमा निम्त्याइएका तेश्रो बक्ता थिए अभिनेता निखिल उप्रेती । बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्री, प्रदेशसभा सदस्य सारदादेवि थापाले बोलीसकेपछी अभिनेता उप्रेतीले बोले ।
अभिनेता उप्रेतीले सुरुमा नै शास्त्रको एउटा विख्यात भनाइलाइ जोडे ` बहुजन हिताए बहुजन सुखाए ।´
सनातन धर्मले सिकाएको सेवालाइ निरन्तरता दिन नसक्नुलाइ पनि उन्ले मानविय अस्वस्थतासगँ जोडे । एउटा स्वस्थ ब्यक्तीले जिवनलाई बुझ्न शास्त्र बुझ्नुपर्ने अभिनेता उप्रेतीले तर्क गरे ।
`यो देशमा सवैभन्दा बढी राजनिती अस्वस्थ भएको छ ।´ उन्ले भने । `राजनितिकर्मीहरु जन्तालाइ स्वस्थ वनाइराख्ने चिकित्सक हुन तर उनिहरुले उपचारको सट्टा बिष दिएका छन ।´
बिज्ञानसगँ जोडिएको गीता तथा शास्त्रहरु अध्यण नगरी सनातन धर्मलाइ वेवास्ता गर्नेले कहिल्यै सु:ख दिन नसक्ने उप्रेतीको ठोकुवा छ ।
राजनिति पेशा विरामी भएको वताउदै स्वस्थ रहन धारणा र विचार पनि स्वस्थ हुनुपर्ने अभिनेता उप्रेतीको जिकिर गरे ।
राजनिती अस्वस्थतामा कसैको प्रशंसा गर्न नसक्ने रोग वढेको उप्रेतिले वताए । नौजवान युवाहरु समेत सोही अस्वस्थतामा जेलिएको भन्दै उन्ले चिन्ता ब्यक्त गरे ।
आफ्ना पक्षमा हुदा जुनसुकै जघन्य अपराध पनि ठिक हुने र विपक्षी पाटीले गरेको जस्तोसुकै सुन्दर कार्य पनि बेठिक हुने अस्वस्थ संस्कारको विकास भएको उप्रेतीको ठम्याइ छ ।
राजनितिले सनातन धर्मले सिकाएको अपरिहार्य संस्कार समेत विलय वनाइएको उन्ले आरोप लगाए ।
अभिनेता उप्रेतीले बोलेपछी क्याप्टेन विजय लामाले पनि अध्यात्म र बिकृतिपुर्ण राजनिती संस्कारलाइ नै जोडे ।
आफुलाइ आकाशको भगवान भन्ने गरेको स्मरण गर्दै क्याप्टेन लामाले अस्पतालका संचालक डा. सुबास घिमिरेकोलाई पतालको भगवान भन्दै प्रशंसा गरे ।
` डाक्टर सुबास चै पतालका भगवान हुन । जस्ले दुनियालाइ स्वस्थ वनाउने अभियानलाइ जोडीरहेका छन ।´ लामाले भने ।
स्वस्थ रहन अपनाउने महत्वपूर्ण बिषय योग, योगा धर्मसगँ नै जोडिएको वताउदै बिज्ञानको पछी-पछी वेद रहेको उन्को भनाइ छ ।
उन्ले कोरोना माहामारीको समयमा नेपालीलाइ स्वस्थ वनाउन आफुले एक्लै उडान गरेर विदेशमा अलपत्र परेका नेपालीलाइ उद्दार गरेको वताए ।
नेपाल र नेपालीको लागी प्रश्न उठाउन नदिने गरि योगदान पुर्याएको वताउदै क्याप्टेन लामाले भने – ` रिटायर्ड हुने अवधी सकिएपछी पनि ४० बर्षदेखी सेवा गरिरहेको छु ।´
उन्ले पनि उप्रेतिको जस्तै राजनिती पेशा बिरामी भएको जिकिर गरे । सरकारमा गएका राजनितिकर्मीहरुले आफुलाइ कहिल्यै नसम्झिएको उन्को गुनासो छ ।
` सत्तामा जानुभन्दा पहिला पर्यटन क्षेत्रमा केही गर्नुपर्छ भन्नुहुन्छ तर त्यहा पुगेपछी वेवास्ता गर्नुहुन्छ ।´ क्याप्टेन लामाले भने ।
स्वास्थ्यलाइ लामा र उप्रेतीले मात्र अध्यात्मसगँ जोडेनन । अस्पतालका संचालक डा. सुबाश घिमिरेले पनि आफू स्वस्थ रहन धार्मिक दृष्टिकोण पनि स्वच्छ हुनुपर्ने वताए ।
भौतिक बिज्ञान अध्यण गरेको एउटा मेडिकलकर्मीले अध्यात्मभित्रका वेद, गीता जस्ता बिषयलाइ जोडिरहदा दर्शक दिर्घामा निक्कै रोचक वनिरहेको थियो ।
अस्पताललाइ नाफामुखी भन्दा पनि सेवामुखी वनाउन खोलिएको डा. घिमिरेको भनाइ छ । अस्पतालसगैँ डा. घिमिरेले एकसाथ एउटा सहकारी पनि उदघाटन गरे । पैसाको अभावमा उपचार गर्न नसक्ने सर्वसाधारणहरुको लागी सहकारीको मुनाफावाट सहयोग गर्ने उन्ले वताए ।
डा. सुभासले देशैभरी स्वास्थ्यलाई आफ्नै परिभाषाले अर्थ्याउदै यस्लाइ सेवासगँ जोडनुपर्ने जोड दिदै आएका छन । उन्ले उक्त कार्यक्रममा भने – ` जसरी जन्मियो, त्यसैगरी मर्ने हो । त्यसैले आफ्नो मरणलाइ पनि सवै मानवले सरल वनाउनुपर्ने हुन्छ ।´
डा. घिमिरेको मानव सेवामा समर्पित भएको बिषयलाइ सरकारले उच्च मुल्यांकन गर्दै जनसेवा प्रवल श्री पुरुस्कार समेत प्रदान गरेको छ ।
दन्त उपचारको लागी ओम समाज डेन्टल अस्पताल सेवा, सुविधाका हिसावले मधेशमा नै उत्कृष्ट रहेको सहभागीहरुले वताए ।
बक्ताहरुले मुख स्वास्थ्यको बिषयमा पनि बहस गरे । अभिनेता निखिल उप्रेती र क्याप्टेन विजय लामाले मुख स्वास्थ्य जिवनको महत्वपूर्ण भएको जिकिर गरे ।
निखिल उप्रेतिले त मुख स्वास्थ्यलाइ यहुदिहरुको तालमोडन ग्रन्थसगँ पनि जोडे । तालमोडनमा हास्नु पर्ने बिषयलाइ चर्चा गरेको वताए ।
सारिरिक, मानसिकरुपमा अस्वस्थ ब्यक्तीले धर्म भुलिदिने र धर्म भुल्नेहरुले जिम्मेवारी भुल्ने भएकाले मेडिकल र बिज्ञान अर्थात भौतिकवादीहरुले आध्यात्मिक स्वास्थ्य वा शास्त्रलाइ बुझ्नुपर्ने उदघाटन समारोहमा बक्ताहरुले निष्कर्ष निकालेका थिए ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस