अभिनेत्री शोभितासँग डेटमा नागा


मुम्बई, १५ चैत । दक्षिण भारतीय फिल्मका अभिनेता नागा चैतन्य र उनकी तत्कालीन पत्नी सामन्था रुथ प्रभु सन् २०२१ मा अलग्गिएका थिए । सामन्थासँग अलग्गिएपछि नागा यतिबेला अभिनेत्री शोभिता धुलिपालाको प्रेममा छन् ।

 

सुरुवाती दिनमा उनीहरुको अफेयरलाई केवल चर्चा मात्र भनिए पनि अहिले आएर भने उनीहरु डेटमा रहेको खुलेको छ । हालैमात्र नागा र शोभिताको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जहाँ नागा एक रेष्टुरेन्टमा छन् र रेष्टुरेन्टका शेफ उनीसँग पोज दिइरहेका छन् । तस्बिरको पृष्ठभूमिमा शोभितालाई प्रष्ट रुपमा देख्न सकिन्छ । तस्बिरमा शोभिताले हातले अनुहार छोपेकी छन् ।

 

तस्बिर सार्वजनिक हुनासाथ सामाजिक सञ्जाल प्रयोगकर्ताले तिब्र रुपमा प्रतिक्रिया दिइरहेका छन् । ‘लाग्छ कि नागा डेटमा छन् । कति राम्रो जोडी देखिएको छ’, एक प्रयोगकर्ताले लेखेका छन् ।

 

नागाले सन् २०१७ मा सामन्थासँग विवाह गरेका थिए । विवाहअघि केही समय डेटमा रहेका यो जोडीको सम्बन्ध विवाहपछि भने खटपट भएको थियो । उनीहरुले सन् २०२१ अक्टोबरमा अलग्गिने निर्णय लिए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope