गाेलबजारका मेयर श्रेष्ठ माथी मोबिल छ्याप्नेलाइ कडा कारबाही गर्न माग


मुकेश कुमार यादब, सिरहा, १५ चैत। गोलबजार नगरपालिकाले मेयर श्यामकुमार श्रेष्ठमाथि मोविल छ्याप्ने कार्यमा संलग्नहरुलाई कडा कारबाहीको माग गरेको छ।

 

गत मंगलवार अपरान्ह मेयर श्रेष्ठमाथि विभिन्न आरोप लगाउँदै मोविल छ्याप्ने समूहलाई तत्काल पक्राउ गरी कडा कार्वाहीको लागि आज नगरपालिकाले पत्रकार सम्मेलन गरी साे माग गरेको हो।

 

तत्काल घटनाका दोषीहरुलाई पक्राउ गरी प्रहरीले कार्वाही नगरे अझै ठूलो आन्दोलन हुने चेतावनी मेयर श्रेष्ठले दिएका छन्  पत्रकार सम्मेलनमा मेयर श्रेष्ठले भने, ‘हामी प्रहरीले घटनामा संलग्नहरुलाई तत्काल प्रहरीले पक्राउ गरी कारबाही गरोस भन्नेमा छौं,  हामी आजै नै उनीहरु बिरुद्ध उजुरी दर्ता गराउँदै छौं।'

 

म‍‌गलवार नेपाल कम्यूनिष्ट पार्टी बहुमतले लघुवित्तमार्फत गरिब जनतालाई उठिवास लगाएको, मिटरव्याजीहरुलाई संरक्षण गरेको,  हटियाको करमा एक करोड ५२ लाख ब्रम्हलुट गरेको तथा गोलबजार १ मुक्सार बाटोको ६२ लाख हिनामिना गरेको, अवैधानिक तरिकाले नदिको दोहन गरेको, अन्यायपूर्ण तरिकाले नगरपालिकामा कार्यरत कर्मचारी हटाईएको र साे पार्टीका नेता कार्यकता विरुद्ध सुराकी गरेको थप आरोप पनि बहुमतकाे छ ।

तर मेयर श्रेष्ठले भने त्यसकाे पंतिवाद गरेका छन  । ‘बजार ठेक्काको रकम, नदिबाट उठेको रकम नगरपालिकामा जम्मा नभएको र त्यसबारे आफूले पटक पटक ताकेता र आवाज उठाउँदै  आएको छु,’ उनले भने । आफू मीटरव्याज पीडितको पक्षमा रहेको र हाल नेपालमा कुनै पार्टी भूमिगत नभएको र उनीहरु प्रति सुराकी गर्न जरुरी नै नरहेको उनकाे भनाइ छ । 

 
मेयर श्रेष्ठले नेपाल कम्यूनिष्ट पार्टी बहुमतले लगाएको आरोप पार्टीका उच्च पदस्थ नेताहरुलाई प्रमाणित गरेर देखाउन चुनौति दिएका छन्। उनले भने, ‘म पनि राजनीतिक गरेर आएकै व्यक्ति हु, उनीहरुले लगाएको कुनै एउटा आरोप सत्य सावित गरेर देखाउन उहाँहरुलाई मेरो चुनौति छ।’

 

मेयर श्रेष्ठमाथि प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षबाट निस्किएर गाडी चढ्ने बेला एकजना अपरिचित व्यक्तिले केही कागजहरु दिएजस्तो गरिरहेकै वेला सँगै आएका अर्को व्यक्तिले मेयर श्रेष्ठ माथी मोविल खन्याएका थिए। साे घटनापछि आज विहान नेकपा एमालेका कार्यकर्ताले नारावाजी गर्दै एक घण्टाभन्दा बढी पुर्व पश्चिम राजमार्गकाे गोलबजारमा सडक अवरुद्ध गरेका छन्। प्रहरीले बल प्रयोग गरी बाटो खुलाएको छ।

 

फरार रहेकाहरुलाइ खाेज तलास गरिरहेको जिल्ला प्रहरी कार्यालयका निमित पवक्ता प्रहरी निरिक्षक शंकर चौधरीले जानकारी दिए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope