‘ठिटो झापाको’मा गायक आशिषसँग रोमान्टिक बनिन् शनिशा


काठमाडौं, १५ चैत।  गायक आशिष सचिनको  ‘ठिटो झापाको’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । गायक सचिनसँगै गायिका अनु चौधरीको स्वर रहेको सार्वजनिक गीतमा  शब्द तथा संगीत सन्तोष सुनुवारको रहेको छ ।

पर्यटकीय नगरी इलाम र झापामा छायांकन गरिएको सार्वजनिक गीतमा गायक सचिनसँगै मोडल शनिशा भट्टराइको अभिनय देख्न सकिन्छ । गहिरो प्रेममा परेको एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक शान थापाले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् । जसमा प्रेमीकाले आफ्नो प्रेमी आफ्ना लागि बानी परीसकेका कारण छाड्न नसक्ने बताउँछिन् । 

अनिल के मानन्धरको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको सार्वजनिक गीतको भिडियो ओएसआर डिजिटलले निर्माण गरेको हो । गायक सचिनका  ‘दारी फुल्यो बैंसैमा’ ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’, ‘ए मुना’लगायतका गीत लोकप्रिय छन् ।

भिडियाे लिंक : https://www.youtube.com/watch?v=mYpbpa416rU


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope