भ्रष्टाचार न्युनिकरण गर्न कुच्चो उपहार


खड्क सुनार, न्युज कारखाना 

मुगु १५ चैत

मुगुमा पछिल्लो समय भ्रष्टाचार र अनियमितता बढ्दै गएको भन्दै त्यसको न्युनिकरणका लागि ११ बुँदे मागसहित ज्ञापन पत्र र कुच्चो उपहार दिइएको छ । वास नेपालका लागि  मुगु जिल्ला स्तरमा आवद्ध युवा युवतीहरूको आयोजनामा मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी खड्क बहादुर रोकायालाई  ज्ञापन पत्र बुझाउनुका साथै कुच्चो उपहार प्रदान गरिएको हो । 

जिल्लामा व्याप्त भ्रष्टाचार, अनियमितता, ढिला सुस्ती, घुसखोरी जस्ता बेथितिकाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा कुच्चो उपहार र ज्ञापनपत्र बुझाउने कार्य भएको वास नेपाल मुगुका  अध्यक्ष चीन बहादुर शाही (कुमार) ले  बताए ।  

उनका अनुसार विशेष गरेर भ्रष्टाचारको कसिङ्गर बढार्नका लागि कुच्चो उपहार दिइएको हो । 'भ्रष्टचारी पनि कार्यालय, समाज, र राष्ट्रका फोहोरी हुन् ।  भाइरस हुन् ।यिनीहरूलाई पनि कुच्चोले फोहोर बढारे झैँ बढार्न  आवश्यक छ ,' उनले नभे ।

असल शासन, सामाजिक जवाफ देहिता, सामाजिक सद्भाव, सामुदायिक सुरक्षा, युवा सशक्तीकरण, स्वयंसेवा, बाल अधिकार, बाल संरक्षण, लैङ्गिक हिंसा न्यूनीकरण, सामुदायिक सशक्तीकरण र संस्थागत विकासका क्षेत्रमा सुधारका लागि यो कार्यक्रम आयोजना गरिएको उनले बताए ।  

ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी रोकायाले  कुनै पनि सरकारी निकायले सरल र सहज ढङ्गले जनतालाई सुविधा दिनुपर्ने, सरकारी कर्मचारी जनताप्रति जवाफदेही हुनुका साथै सेवाग्राहीलाई सम्मान गर्ने खालको हुनुपर्ने उल्लेख बतााए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope