मन्त्रीमण्डलमा सहभागितावारे निर्णय लिन कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दै


काठमाडौं, १६ चैत । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने  बिषयमा छलफल गर्नका लागि कांग्रेसले केन्द्रिय कार्य सम्पादन समितिको बैठक बोलाएको हो ।

 

‘पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगरमा २०७९ चैत्र १६ गते बिहीबार बिहान ११ः०० बजे बस्ने भएको छ,’ केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने । उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहनेछ ।

यसअघि गत मंगलवारका लागि बोलाईएको बैठक दुई दिन पछि बिहिवारका लागि सारिएको हो । 

 

बालुवाटारमा हिजाे बसेको बैठकमा सरकारमा सहभागी हुने ९ दलबीच २१ मन्त्रालयमा सहमति भएको नेताहरूले बताएका छन् । जसअनुसार नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५, नेपाली कांग्रेसलाई  ८, नेकपा एकिकृत समाजवादीलाई २, जनता समाजवादी पार्टी नेपाललाई २, जनमत पार्टीलाई एक राज्यमन्त्रीसहित २, लोकतान्त्रिक जनता पार्टी नेपाललाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, आम जनता पार्टीलाई १ र नेपाल समाजवादी पार्टीलाई १ मन्त्रालय दिने सहमति भएको बताइएकाे छ ।

 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope