सत्तागठबन्धनमा  मिल्यो भागबन्डा


काठमाडौं, १५ चैत

सत्ता गठबन्धन दलमा भागबन्डा मिलेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकले भागबन्डा मिलाएको हो ।

जसअन्तर्गत नेपाली कांग्रेसले आठ मन्त्रालय पाउने भएको छ । यस्तै नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीसहित पाँच मन्त्रालय पाउने भएको छ । साथै माओवादीले थप एक राज्यमन्त्री पनि पाउने भएको छ । 

त्यस्तै एकीकृत समाजवादी र जनता समाजवादीले दुई/दुई मन्त्रालय पाउने भएका छन् । यस्तै नागरिक उन्मुक्ति पार्टी, बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र प्रभु शाहले एक/एक मन्त्रालय पाएका छन् । 

यस्तै सिके राउतको जनमत पार्टीले एक मन्त्री र राज्यमन्त्री गरी दुई पाउने भएका छन् । एक राज्यमन्त्रीबारे भने अझै टुंगो लागेको छैन ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope