रजनीकान्तको बाबाले टुंग्याएको मनिषा कोइरालाको साउथ करियर


मुम्बई, १५ चैत । बलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइरालाले रजनीकान्तको तमिल फिल्म ‘बाबा’ बक्सअफिसमा फ्लप भएपछि आफूलाई साउथ फिल्मबाट अफर आउन बन्द भएको खुलासा गरेकी छन् । यद्यपि यो फिल्म सन् २०२२  डिसेम्बरमा पुनः रिलिज हुँदा भने हिट भएको थियो ।

 

मनिषाले ‘बम्बे’, ‘इण्डियन’ र ‘मुधालवन’ जस्ता साउथ फिल्ममा पनि अभिनय गरेकी थिइन् । जुन फिल्मलाई दर्शकले निकै मनपराएका थिए । ‘बाबा’ सन् २००२ मा रिलिज भएको थियो । तर फिल्म फ्लप भएपछि साउथ फिल्ममा उनको करियर करिब समाप्त नै भएको थियो ।

हालैमात्र ट्वीटरमा मनिषाको एक अन्तरवार्ताको क्लिप भाइरल भइरहेको छ । जहाँ उनले ‘बाबा’ फ्लप भएपछि उनको करियरको बारेमा परेको असरबारे सुन्न सकिन्छ । ‘बाबा मेरो तमिल फिल्म उद्योगमा अन्तिम ठूलो फिल्म थियो । यो फिल्म त्यो बेला यति नराम्रो गरी फ्लप भयो कि डिजास्टर नै साबित भयो । यो फिल्मबाट आम दर्शकमा धेरै अपेक्षा थियो । जब फ्लप भयो, त्यसपछि मलाई लाग्यो कि मेरो करियर समाप्त भयो’, उनले भनेकी छन् ।

मनिषाका अनुसार ‘बाबा’ अघि उनले कैयौं साउथ फिल्ममा काम गरेकी थिइन् । ‘बाबा फ्लप भएपछि मलाई फिल्मको अफर आउन बन्द भयो । तर रजनीकान्तको जन्मदिनमा पुनः यो फिल्म रिलिज गरिएपछि २० वर्षपछि सफलता पायो’, मनिषा भन्छिन्, ‘यो अनौठो कुरा हो । जब फिल्म हालैमात्र पुनः रिलिज भयो, तब हिट साबित भयो । रजनी सर कहिल्यै पनि फ्लप फिल्म दिनुहुन्न । उहाँसँग काम गर्न निकै मजा आउँछ ।

 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope