राष्ट्रिय सभाको बैठक बस्दै, प्रधानमन्त्रीले चारवटा आयोगको प्रतिवेदन पेश गर्ने


काठमाडौं, २६ चैत ।  राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

 

 

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  थारू आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८/७९, राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८/७९, राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन २०७८/७९ र आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७८/०७९ सदनमा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । 

 

बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/७६, ०७६/७७ र ०७७/७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन २०७९ र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope