लाहुरे ठाडो भाका ल्याउँदै गायक खड्क गर्बुजा र ताराश्री


काठमाडौं, १६ चैत

नयाँ वर्ष २०८० को अवसर पारेर लोकदोहोरी गायक खड्ग गर्बुजाले ‘लाहुरेः ठाडो भाका’ लिएर आउँदैछन् । 

लोकदोहोर क्षेत्रमा कालिगण्डकीको सालैज्यू भाकालाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने जस पाएका गर्बुजालाई गायनमा ताराश्रीष मगरले साथ दिएकी छन् ।  शारीरिक अपाङ्गताका बाबजुद पनि दर्शकलाई आफ्नो स्वरले मुग्ध बनाउने क्षमता राख्ने गायक गर्बुजाको लाहुरेमा अभिनय गरेको छन्, अभिनेता राहुल केसी र केकी अधिकारीले । 

गर्बुजालाई सालैजो, सोरठी, यानिमाया ठाडो भाखा, कौरा, झ्याउरे, ख्यालीजस्ता लोकगीतलाई पुनर्जिवन दिएर युवा जमातमा लोकप्रिय बनाउने अग्रणी लोकगायक हुन् । गायक तथा संकलक गर्बुजाको पुराना गीतहरूलाई भिडियोमार्फत दर्शकमाझ ल्याउने खोजेको हुन्, राजु केसी र रक्षा बानिया केसीले ।

कोरियोग्राफर सुनिल क्षेत्रीको निर्देशनमा डान्सको स्टेप दिइरहेका केकी र राहुल नाचेको हेरेर गायक गर्बुजा मुस्कुराइरहेका थिए । गायक गर्बुजा र अभिनेता राहुलको गृह जिल्ला म्यादी हो। हाल अमेरिकालाई कर्मभूमि बनाउँदै आएको राहुलकाअनुसार गर्बुजाले गाएका पुराना गीतलाई पुर्नरेकर्ड तथा भिडियो बनाई गण्डकी क्षेत्रको लोकभाकालाई विश्वमा छरिएका नेपालीमा लैजाने बताउँछन् । नयाँ बर्षको अवसर पारेर गीत सार्वजनिक गर्ने लक्ष्य रहेको बताए निर्देशक निर्माता राजु केसीले ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope