अमेरिकी डलरसंगै युरोको भाउपनि बढ्यो


काठमाडौं, १६ चैत । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

 

लगातार तिनदिन देखि घटेको अमेरिकी डलरको भाउ आज २४ पैसाले बढेको छ । यसअघि बुधबार २९ पैसाले उक्त डलरको भाउ घटेको थियो । बिहिबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५ पैसा कायम गरिएको छ । अघिल्लो दिन बुधबार उक्त डलरको खरिदमूल्य १३१ रुपैयाँ २१ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ८१ पैसा कायम गरिएको थियो ।

 

 
नेपाल राष्ट्र बैंकका अनुसार बिहिबार युरोपियन युरो भने उकालो लागेको छ । आज युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३२ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ७० पैसाले बढेको हो । 
बुधबार युरो एकको खरिदमूल्य १४१ रुपैयाँ ९७ पैसा र बिक्रीमूल्य १४२ रुपैयाँ ६२ पैसा कायम गरिएको थियो। 

 

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर बुधबार १६२ रुपैयाँ २२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९६ पैसा तोकिएको छ। यो मूल्य बुधबारको तुलनामा ७२ पैसाले बढेको हो । बुधबार यसको खरिदमूल्य १६१ रुपैयाँ ५० पैसा र बिक्रीमूल्य १६२ रुपैयाँ २४ पैसा कायम गरिएको थियो ।  

 

त्यसैगरी, बुधबार अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ७६ पैसा र बिक्रीमा ८८ रुपैयाँ १६ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ६७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ११ पैसा कायम भएकाे छ ।

 

 

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ एक पैसा र बिक्रीदर ३५ रुपैयाँ १७ पैसा,  युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९७ पैसा र बिक्रीमा ३५ रुपैयाँ १७ पैसा, मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ७५ पैसा र बिक्रीदर २९ रुपैयाँ ८९ पैसामा पाइनेछ ।

 

उता, कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ९७ पैसा र बिक्रीमा ४३० रुपैयाँ ९३ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५० रुपैयाँ १५ पैसा तोकिएको छ।
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope