एसईई परीक्षाको प्रश्नपत्र आउटको प्रयास गर्ने विद्यार्थीको परीक्षा रद्द , केन्द्राध्यक्षसहित पाँच जना निलम्बित


इन्दीप कोइराला/बारा

आजबाट सुरु भएको एसईई परिक्षाको अनिवार्य अंग्रेजी विषयको प्रश्नपत्र लिकको प्रयास गर्ने विद्यार्थी पवन साहको परीक्षा रद्द भएको छ । बाराको आदर्श कोतवाल गाउँपालिका वडा नं.१ स्थीत नेपाल राष्ट्रिय माध्यमिक विद्यालय चिउटाहामा परिक्षा संचालन भैरहेका बेला परीक्षार्थी साहले लुकाई लगेको मोबाइलबाट प्रश्नपत्र लिक गरेका थिए । उनले पश्नपत्रको पहिलो पन्ना सामाजिक संजाल फेसबुकबाट सार्वजनिक गरेका थिए ।

यसै घटनालाई लिएर त्यहाँका केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकसहित ५ जना निलम्वनमा परेका छन् । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार केन्द्राध्यक्ष दिनेशप्रसाद साह, सहायक केन्द्राध्यक्ष पद्मराज चौधरी, विजयप्रसाद चौधरी र निरीक्षकहरू कुन्दनप्रसाद कुशवाह र श्याम किशोर गुप्तालाई निलम्बन गरिएको हो ।

प्रश्नपत्र आउट गर्ने साहको सिम्बल नं.०३६०२९४६ भि हो । उनी सोही पालिका स्थित जनता माध्यमिक विद्यालय कचर्वाका परीक्षार्थी हुन् । उनको आजको मात्रै परीक्षा रद्द गरिएको प्रजिय सापकोटाले जानकारी दिए ।

प्रश्नपत्र बाहिरिएको सूचना पाएलगतै पुगेका बाराका प्रमुख जिल्ला अधिकारी सापकोटाले घटनाको छानविन गरेका थिए । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope