बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने


काठमाडौं, १७ चैत । बिमा कम्पनीहरुले लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको छ । नेपाल बिमा प्राधिकरणका अनुसार सञ्चालित बिमा कम्पनीहरु जीवन, निर्जीवन र पुनर्बिमा व्यवसाय गर्दै आएका कम्पनीहरुले आफ्नो इजाजतपत्र अर्थात लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको हो । 

यो व्यवस्था वैशाखदेखि लागु हुनेछ भने नवीकरण हुन बाँकी कम्पनीहरुले भने चैत मसान्तसम्मको लागि नवीकरण गर्नुपर्ने छ ।

बिमा प्राधिकरणले बिमा ऐन २०७९ मा बिमक नविकरणसम्बन्धी व्यवस्था नरहेकोले अब उप्रान्त बिमा कम्पनीको इजाजतपत्र नवीकरण गर्नु नपर्ने जनाएको हो ।

साविक बिमा ऐन २०४९ मा हरेक वर्ष बिमा कम्पनीहरुको लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope