सांग्रिला डेभलपमेन्ट बैंकको एजीएम आज बस्दै


काठमाडौं, १७ चैत । सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा शुक्रबार बस्दैछ । सभामा बैंकले गत वर्षको नाफाबाट कुल ८.९८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेस हुनेछ ।

बैंकले गत वर्षको नाफाबाट ८.५३४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४४९ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

बैंकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाबमा छलफल हुनेछ । सभा प्रयोजनको लागि बैंकले फागुन २८ गतेदेखि चैत १७ गतेसम्म बुक क्लोज गरिसकेको छ । जसअनुसार  फागुन २७ गतेसम्म कायम लगानीकर्ताले बैंकले प्रस्ताव गरेको लाभांश र साधारण सभामा सहभागि हुन पाउनेछन् ।  


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope