तिन दिने निःशुल्क आँखा शिविरमा ६ सय भन्दा बढिले सेवा लिए 


खड्क सुनार/न्युज कारखाना 
मुगु, १८ चैत   

हिमाली जिल्ला मुगुमा निशुल्क आँखा शिविर सञ्चालनमा ६ सय भन्दा बढि बिरामिहरुले सेवा लिएका छन् ।  बुधबारबाट सुरु भएको तीन दिने  निशुल्क आँखा चेकजाँच तथा मोतिया बिन्दुमा ६ सय ४७ जनाले आँखा चेक जाँच सेवा लिएका हुन् ।

तिन दिन सम्म सञ्चालन भएको शिविरमा ६५ जनाको मोतिबिन्दु अप्रेशन सहित सम्पन्न गरिएको नेपाल नेत्र ज्योति संघ केन्द्रिय उपाध्यक्ष तिलक बहादुर मल्लले बताए । 

नेपाल नेत्र ज्योति संघ,हिमालय आँखा अस्पताल पोखराको आयोजना एबंम प्राविधिक सहयोग , नेपाल नेत्र ज्योति संघ एकीकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश नेपालको आर्थिक सहयोग , आई केयर फाउण्डेशनको बिशेष सहयोग साथै नेपाल नेत्र ज्योति संघ,जिल्ला आँखा उपचार केन्द्र,मुगुको स्थानीय आयोजनामा यहि चैत १५ गते बाट सञ्चालन भएको निशुल्क आँखा शिविर १७ गते सम्म सञ्चालन भएको थियो । 

तीन दिन सम्म सञ्चालन भएको निशुल्क आँखा शिविरमा विकट हिमाली जिल्ला मुगु सहित छिमेकि जिल्ला जुम्ला , हुम्लाका नागरिकहरुले सेवा प्राप्त गरेको  बताए । शिविरमा जुम्लाका आँखाका विरामिहरुको पनि चेकजाँच गरिएको छ ।  

 

मोतियाबिन्दु गरेका आँखाका विरामिहरुलाई चश्मा पनि वितरण गरिएको छ । 

छायाँनाथ रारा नगरपालिका–१ छत्याल बाडाकी ७० वर्षीया चम्फा नेपाली निःशुल्क आँखा उपचार हुन्छ भनेर जिल्ला आँखा उपचार केन्द्र  मुगुमा आइन् ।

रेडियो लगायत सञ्चार माध्यमबाट निःशुल्क आँखा शिविर सञ्चालन हुने सूचना पाएकै भरमा उनी शिविरमा आएर मोतिया विन्दुको सफल शल्यक्रिया पछि उनी खुसी भएकी छन् । आँखाको अपरेसन निःशुल्क भयो । अब अरूले झैँ राम्ररी देख्न र हेर्न पाउने भएँ आँखाको ज्योति पुनः पाएपछि उनले खुसी हुँदै भनिन् । 
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope