रुसले सुरक्षा परिषदको अध्यक्षता गरेपछि अन्तर्राष्ट्रिय अदालतको पक्राउ पुर्जीको हैसियतमा प्रश्न
काठमाडौं, १९ चैत । रुसले संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएसी) को अध्यक्षता पाएको छ।
युक्रेनले सदस्य राष्ट्रहरुलाई रुसलाई अध्यक्षता नदिन आग्रह गरे पनि त्यो सफल भएन्, सदस्य देशकाे पालाे अनुसार रुसले सुरक्षा परिषदको अध्यक्षता ग्रहण गरेको छ ।
रुसले सुरक्षा परिषदको अध्यक्षता गरे पछि युद्धग्रस्त युक्रेनले भने आपत्ति जनाउँदै कडा प्रतिक्रिया दिएको छ। युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले राष्ट्रसंघीय सुरक्षा परिषद्को अध्यक्षमा रुस आउनु भनेको अन्तर्राष्ट्रिय समुदायको अनुहारमा गतिलो झापड हानेकाे जनाएका छन् ।
उनले भने, ‘युक्रेन सुरक्षा परिषद्का वर्तमान सदस्यहरूलाई रुसले राष्ट्रपति पदको दुरुपयोग गर्ने कुनै पनि प्रयासलाई अनुमति नदिन आग्रह गर्दछ । यो पदमा रूस चयन हुनु गैरकानुनी हो।’
संयुक्त राष्ट्र सुरक्षा परिषद्का सबै १५ सदस्यले पालैपालो एक महिनाको लागि परिषद्को अध्यक्षता पाउने क्रममा रुसले यो पटक अध्यक्षता पाएको हो । तर, पालो अनुसार पाउने अध्यक्षता पनि रुसलाई गर्न दिएकोमा युक्रेनले भने आपत्ति जनाएको हाे ।
यसअघि रुसले सन् २०२२ को फेब्रुअरीमा अध्यक्षता ग्रहण गरेको थियो, सोही अध्यक्षता कायम रहेको समयमा रुसले साेही फेब्रुअरीमा नै युक्रेनमा आक्रमण सुरु गरेको थियो।
उता, सुरक्षा परिषद्को नेतृत्व रुसले गरे पछि अन्तर्राष्ट्रिय फौजदारी अदालतले गत महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध जारी गरेको पक्राउ पुर्जीको हैसियतका बारेमा भने टिका टिप्पणी सुरु भएको छ ।
राष्ट्र संघीय सुरक्षा परिषदको अध्यक्षता त्यही देशको राष्ट्रपतिले गरेका छन, जुन देशको राष्ट्रपतिलाई कथित युद्ध अपराधमा अन्तर्राष्ट्रिय अदालतबाट पक्राउ पुर्जी जारी गरेको छ । रुसले अध्यक्षता ग्रहण गरे पछि सो पक्राउ पुर्जी औचित्यहिन भएको रुसी अन्तर्राष्ट्रिय बिश्लेषकहरुले जनाएका छन् । रूसले त्यस पुर्जीलाइ हास्यास्पद भन्दै अाएकाे छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस