रोबर्टले चपाएको चुइङ्गम लिलामीमा बिक्रीको तयारी


लसएञ्जल्स, १९ चैत । कलाकारका फ्यानको क्रेज उनीहरुप्रति कति धेरै हुन्छ भन्ने उदाहरण प्रशस्त छन् । हलिउड फिल्म ‘आइरन मेन’ फेम सुपरस्टार रोबर्ट डाउनी जुनियरकै उदाहरण हेरौं । उनको फ्यान विश्वभर अत्याधिक छन् ।

 

यिनै रोबर्टका विषयमा एक नयाँ खबर बाहिर आएको छ । उनले चपाएर थुकेको चुइङ्गमलाई एक संस्थाले अनलाइन लिलामी गर्न लागेको छ । जसको मूल्य ४५ लाख रुपैंयाँ राखिएको छ । यो प्राथमिक मूल्य रहेकाले अन्तिम मूल्य तत्कालका लागि तोकिएको छैन ।

 

ई बेमा यो चुइङ्गम लिलामी हुन लागेको हो । चुइङ्गम लिलामीमा बिक्री हुने खबर सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नै किसिमले प्रतिक्रिया दिइरहेका छन् ।

 

गत फेब्रुअरी १३ मा अभिनेता तथा निर्माता जोन फेवरोको लसएञ्जल्सस्थित डल्वी थिएटरमा ‘हलिउड वक अफ फेम स्टार’को अनावरण गरिएको थियो ।

त्यही बेला निर्माता फेवरोका साथ रोबर्ट डाउनी जुनियर र इन्टरनेसन शेफ रोय चोई पनि उपस्थित थिए । यही बेला रोबर्टले मुखबाट चुइङ्गम निकाल्दै भुइँमा टासिदिएका थिए । यो देखेका एक फ्यानले चुइङ्गमलाई भुइँबाट टिपेर लिलामीका लागि अनलाइनमा राखिदिएका थिए ।

 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope