लमजुङकाे बेसीशहरमा घरदैलोमै निःशुल्क पशु स्वास्थ्य शिविर
लमजुङ १८ चैत । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले बेसीशहर नगरपालिका ५ नाल्माको विभिन्न गाउँमा निः शुल्क पशु स्वास्थ्य शिविर सन्चालन गरेकाे छ ।
दुइ दिनसम्म संचालित शिविरबाट १ हजार ७ सय ६२ पशुपन्छीले निशुल्क उपचार तथा औषधी पाएका छन् ।
बेसीशहर नगरपालिका ५ को समन्वयमा भेटेरिनरीले नाल्मा, बाख्रेजगत र ज्यारखाङमा निःशुल्क पशु सेवा शिविर संचालन गरेको बेसीशहर नगरपालिका पशुपन्छी तथा मत्य विकास शाखा अन्तरगत वडा नं. ५ मा कार्यरत पशु स्वास्थ्य प्राविधिक प्रतिभा बुढामगरले जानकारी दिइन । उनका अनुसार घरदैलोसम्म पुगेर गरिएको निःशुल्क पशु स्वास्थ्य शिविरमा घरपालुवा पशुपन्छीको उपचार तथा आवश्यक औषधी वितरण गरिएको थियो । शिविरमा १९ वटा बोकालाई बन्ध्याकरण र १३ वटा कुकुरलाई रेविज विरुद्धको खोप लगाइएको बुढामगरले बताइन ।
शिविरमा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. रुपेश श्रेष्ठ, पशु विकास अधिकृत डा. सुनिल न्यौपाने, बेसीशहर नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाका प्रमुख डा. सन्दिप विष्ट, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्राविधिक सुस्मिता अधिकारी, बेसीशहर नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाका सभाष चिलुवाल, प्रतिभा बुढामगर लगायतको टोलीले पशुपन्छीको उपचार, औषधी वितरण, बोकाको बन्ध्याकरण र कुकुरलाई रेविजविरुद्धको खोप लगाएको थियो ।
बेंसीशहर नगरपालिका ५ का वडा अध्यक्ष ईन्द्रबहादुर गुरुङले निः शुल्क पशु स्वास्थ्य शिविरले दूरदराजका पशुपन्छी तथा नागरिकलाई सेवा मिलेको बताए।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस