सुर्य भन्दा तीस अर्ब ठुलो ब्लाक होल फेला पारेकाे दावी


काठमाडौ, १९ चैत । खगोलविद्हरूकाे एक समुहले अहिलेसम्मकै ठूलो ब्ल्याक होल पत्ता लगाएका जनाएका छन् । 

 

डरहम विश्वविद्यालयका अनुसन्धानकर्मीको समूहले नयाँ प्रविधि प्रयोग गरी अहिलेसम्मकै ठुलो ब्लाक होल पता लगाएको हो । 

 

जुन ब्लाक होलका बारेमा रोयल एस्ट्रोनोमिकल सोसाइटीको ‘नोटिस जर्नल’ मा आलेख प्रकाशन गर्दै यसबारे जानकारी दिएको हो ।

 

सो जर्नलमा उल्लेख भए अनुसार उनीहरूले ‘ग्राभिटेसनल लेन्सिङ’ नामक प्रविधि प्रयोग गरी नयाँ ब्ल्याकहोल फेला पारेका हुन । यस प्रविधिको प्रयोग गरी खगोलविद्हरूको सो समुहले प्रकाशको बाटोलाई पारिरहेको प्रभाव अध्ययन गर्दै जाँदा उक्त ब्ल्याकहोल पत्ता लगाएका थिए ।

सो अनुसन्धानको नेतृत्व गरेका जेम्स नाइटिङ्गेलले त्यो ब्ल्याकहोल कति ठूलो छ भनेर बुझ्न भने गाह्रो भएको बताएका छन् । उनको समूहले प्रकाशन गरेको अनुसन्धानात्मक आलेखका अनुसार एबेल १२०१ तारामण्डलको एक आकाशगंगामा रहेको उक्त ब्ल्याक होल, हाम्रो सूर्यभन्दा ३० अर्ब गुणा ठूलोसमेत रहेको उनीहरूले जनाएका छन् ।

 

‘यदि राति आकाशमा देखिने सबै तारा र ग्रहहरूलाई एउटै विन्दुमा राख्ने हो भने त्यो विन्दु ब्ल्याक होलको एक प्रतिशत मात्र हुनेछ,’ अनुसन्धनकर्ता मध्येका एक खगोलबिद नाइटिङ्गेलले बीबीसीसँग भनेका छन्, ‘ब्रह्माण्डका धेरैजसो आकाशगंगाभन्दा यो ब्ल्याक होल ठूलो देखिएको छ।’

सन् २००४ मा डरहम विश्वविद्यालयका प्राध्यापक एलिस्टर एजले ब्रह्माण्डका तस्वीरहरू अध्ययन गरिरहँदा प्रकाशको ठूलो चाप देखेपछि यो ब्ल्याक होलका बारेमा अध्ययन तथा अन्वेषण सुरू गरिएको थियो ।

 

 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope