गर्मीमा काखीमा आउने पसिनाको दुर्गन्ध हटाउन यी उपाय अपनाउनुहोस्


काठमाडौं, २८ चैत । बैशाख महिना सुरु हुन लागेको छ, जसले गर्दा मौसम गर्मिलो हुन थालेको छ । बैशाखको यो गर्मिमा पसिना आउनु स्वभाविक हो । 

 

गर्मी मौसममा पसिना आउनु र त्यसको शारीरिक गन्धका मुख्यतः काखी गन्हाउनु सबैभन्दा ठूलो टाउको दुखाइको बिषय बन्न जान्छ । त्यसले आत्मविश्वासमा पनि कमी ल्याउँछ । 

जतिसुकै सफा र राम्रो लुगा लगाए पनि पसिनाको गन्धका कारण आसपासका मानिस सामु  हात उठाउन सहज हुदैँन र त्यसले ‘कन्फिडेन्स लेभल लुज’ समेत गराउँछ । अझ यो समस्या विशेष गरी ती मानिसहरूका लागि विपत्तिको रूपमौ आउँछ, जसको शरिरवाट औसत मानिसलाई आउने पसिना भन्दा बढी आउने गर्छ । जसका कारण ती मानिसहरु गर्मी महिना नै नआईदिओस भन्ने सोच्छन तर तिनले सोचेर गर्मि महिना नआउने भने हुन्न ।  

 

अत्याधिक पसिना आउनुलाई चिकित्सकिय भाषामा ‘हाइपर हाइड्रोसिस’ भनिन्छ । यो अवस्था दुई कारणले हुन सक्छ । पहिलो, प्राकृतिक रूपमा शरीरमा अत्याधिक पसिना आउनु र दोस्रो बाहिरी अवस्थाका कारण अत्याधिक पसिना आउनु ।

 

 ‘हाइपर हाइड्रोसिस’ ले शरीरको एक विशेष भागलाई बढी असर गर्छ, जसको अर्थ हो शरिरको कुनै भागमा अन्य भागहरूमा आउने भन्दा बढी मात्रामा पसिना आउनु। यसमा सबैभन्दा बढी काखीमा बढी मात्रामा पसिना आउँछ र साथै हात खुट्टामा पनि अत्याधिक पसिना आउने समस्या पनि हुन सक्छ । 

 

जसकाकारण सबन्धित ब्यक्तिलाई धेरै लज्जास्पद बनाउन सक्छ । धेरै पटक, आत्मविश्वासलाई असर गर्दै, यसले सामान्य जीवनलाई पनि असर गर्छ । यस्तो अवस्थाबाट बच्न ‘एन्टिपर्स्पिपरेन्ट डिओडोरेन्ट’ प्रयोग गर्न सकिन्छ । 

 

यसका लागि पाँच उपाय अपनाउहोस

१) काँखीमा पसिनाबाट कसरी छुटकारा पाउन ‘डिओड्रेन्ट’को प्रयोग गर्ने 

२) दिनमा दुई पटक ‘एप्पल साइडर भिनेगर’ को प्रयोग गर्ने, 

३) कागतीको प्रयोग गर्ने 

४) नियमित रुपमा काँखीका रौँहरु हटाउने 

५) नियमित रुपमा पानी प्रयोग गरेर काँखी पखाल्ने
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope