केपिलासगढीका बिरामीलाई केएमसीमा ५० प्रतिशत छुट दिने सम्झौता


न्युज कारखाना 
खोटाङ, ५ बैसाख 

खोटाङको केपिलासगढी गाउँपालिकाका बिरामीले काठमाण्डौ मेडिकल कलेज (केएमसी)मा उपचार गराउँदा छुट पाउने भएका छन् । केपिलासगढी गाउँपालिकाको आग्रहमा काठमाण्डौ मेडिकल कलेजले केपिलासगढी गाउँपालिकाभित्रका नागरिकलाई सो अस्पतालमा पुगेर उपचार गराउँदा ५० प्रतिशत छुट दिने भएको हो ।

 

काठमाण्डौ मेडिकल कलेजको प्राविधिक सहयोगमा केपिलासगढी गाउँपालिकाले बाक्सिलामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिबिर उद्घाटनका क्रममा अस्पतालकातर्फबाट अध्यक्ष होमादेवी न्यौपाने र महाप्रवन्धक नाायणप्रसाद दाहाल तथा गाउँपालिका अध्यक्ष समिर राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत गुन्जन कार्कीबीचमा उपचार छुट लगायतका सात बुँदे सम्झौता भएको हो । 

 

 गाउँपालिका र केएमसी अस्पतालबीचमा बहिरङ विभागमा जाँच गराउँदा २५ प्रतिशत र भर्ना भएर उपचार गराउने बिरामीलाई ५० प्रतिशत छुट उपलव्ध गराउने सहमती भएको छ । गाउँपालिकाको सिफारिसमा केएमसीमा  उपचारका लागि पुग्ने बिरामीलाई एमआरआई, सीटी स्क्यान, शल्यक्रिया सहितमा छुटको व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष राईले बताए । अति विपन्न परिवारका बिरामी उपचारका लागि केएमसी पुगेको अवस्थामा दुबै पक्षले आपसी छलफल गरी शतप्रतिशतसम्म छुटको व्यवस्था मिलाउने सम्झौता–पत्रमा उल्लेख छ । 

 

गाउँपालिका र केएमसी अस्पतालबीचको सम्झौता आगामी २०८० चैत मसान्तसम्म कायम रहने छ । गाउँपालिकाको सिफारिसमा उपचारमा पुग्ने बिरामीको उपचारमा अस्पतालले विशेष ध्यान दिइ उपचार सेवा प्रदान गर्ने तर औषधि, औषधिजन्य सामग्री, इम्प्लान्ट, स्टेण्ट, पेसमेकर जस्ता सामानमा छुट नहुने सम्झौता गरिएको छ । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope