गाउँपालिकाद्वारा ३८ जना शिक्षक बर्खास्त


झापा, ५ वैशाख ।  झापाको कचनकवल गाउँपालिकाले करारमा रहेका ३८ जना शिक्षकलाई बर्खास्त गरेको छ । अघिल्लो स्थानीय सरकारले मापदण्डविपरीत नियुक्त गरेको भन्दै मंगलबार ३८ जना शिक्षकलाई करार अवधि नथपेर बर्खास्त गरेको हो । 

 

गाउँपालिकामा   कार्यरत अनुदानका निजी शिक्षक शिक्षिका तथा बाल शिक्षक शिक्षिका, कम्प्युटरका मावि शिक्षकलाई निष्काशन गर्ने गत २२ पुसको बैठकको निर्णयअनुसार उनीहरुलाई मंगलबारदेखि हटाइएको गाउँपालिका  अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले जानकारी दिए । 

 

तत्कालीन गाउँपालिका अध्यक्ष अन्जर आलमको कार्यकालमा नियुक्त भएका करार शिक्षकहरुले शिक्षणका लागि अनुमति नलिएका, अयोग्य तथा नियमविपरीत नियुक्ति  शिक्षक शिक्षिकालाई हटाइएको गाउँपालिकाले जनाएको छ । 

 

गत वर्ष मात्र पनि कचनकवलमा गाउँपालिकाले ११ जना कर्मचारी निष्कासन गरेको थियो ।
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope