सिभिल इन्जिनियरिङ प्रथम सेमेस्टरमा महुरेगढीको ‘शुन्य’ नतिजा 


न्युज कारखाना

 
खोटाङ, ५ वैसाख 
 

खोटाङको महुरेगढी प्राविधिक शिक्षालयले सिभिल इन्जिनियरिङ प्रथम सेमेस्टर (नियमित)मा ‘शुन्य’ नतिजा ल्याएको छ । सिटिइभिटिले २०७९ जेठमा लिएको परिक्षामा महुरेगढी प्राविधिक शिक्षालयका कुनै पनि विद्यार्थी उत्तिर्ण हुन नसकेका हुन् । सिभिल इन्जिनियरिङ प्रथम सेमेस्टरमा महुरेगढीका ४८ विद्यार्थी परिक्षामा सहभागी भएका थिए । सिटिइभिटिको आंगीक क्याम्पसकारुपमा २०७५ सालमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको महुरेमा महुरेगढी प्राविधिक शिक्षालय स्थापना गरिएको हो । सिभिल इन्जिनियरिङ प्रथम सेमेस्टरको नतिजाका विषयमा समिक्षा गर्दै कमजोरी सच्याउने योजना बनाइएको शिक्षालयका प्राचार्य पुष्पराज प्याकुरेलले बताए । 

 सिभिल इन्जिनियरिङ प्रथम सेमेस्टरमा प्रदेशभरीका प्राविधिक शिक्षालयमध्ये गणेशमान मेमोरियल एकेडेमी, झापाले सबैभन्दा धेरै ९४.१२ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएको छ । यस्तै, आशर्द सेकेन्डरी स्कुल, बिराटनगर, मोरङको ३७.५० प्रतिशत, दमक पोलिटेक्निक इन्स्टीच्युट, दमक, झापाको २९.५५ प्रतिशत, जालपादेबी सेकेन्डरी स्कुल, पाख्रीबास, धनकुटाको २०.४५ प्रतिशत, मदन भण्डारी मेमोरियल एकेडेमी, उर्लाबारी, मोरङको १८.१८ प्रतिशत, जनता सेकोन्डरी स्कुल, चुलाचुली, इलामको ११.५४ प्रतिशत, कन्काई पोलिटेक्निक इन्स्टीच्युट, कन्काई, झापाको १० प्रतिशत, महानगर बहुप्राविधिक शिक्षालय, बिराटनगर, मोरङको ९.३० प्रतिशत र गोल्डेनपार्क कलेज, बिराटनगर, मोरङको ४.५५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । 

 मध्यपहाडी लोकमार्गले छोएको र लेकको मनोरमस्थलमा रहेको प्राविधिक शिक्षालय तत्कालिन प्राविधिक शिक्षालय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले २८ जेठ २०७६ मा उद्घाटन गरेका थिए । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope