सेयर बजार दाेहाेराे अंकले घट्याे


कञ्चनपुर, १० वैशाख । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दाेहाेराे अंकले घटेको छ । 

आइतबार नेप्से परिसूचक १८.८० अंकले ओरालो लागेको हो । योसँगै सुचक १८८५.६० को बिन्दुमा आएर अडिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक ४ अंकले घटेको छ । सूचक ३५९.१३ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार कूल २६५ कम्पनीको २७ लाख ३४ हजार ३०७ कित्ता सेयर खरिद बिक्री हुँदा ८२ करोड ८५ लाख भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ। 

नेप्से सुचकमा २९ कम्पनीमा वृद्धि भएको छ । १८८ कम्पनीमा ओरालो लागेको र २ कम्पनी स्थिर रहेको छ ।   कारोबारको आधारमा मोलुङ हाईड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । उक्त बैंकले ३ करोड ११ लाख भन्दाबढि रुपैयाँको कारोबार गरेको छ । यसैगरि सिवम सिमेन्टको २ करोड ८९ लाखको कारोबार भएको हो । 

मंगलबार सबै उपसुचक कम्पनीहरुमा ओरालो लागेको छ । आइतबार सनराइस ब्लूचिप कोष, आदर्श लघुवित्त वित्तिय संस्था र कालिन्चोक दर्शनको १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन्।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope