२९ भदौमा ‘नाङ्गो गाउँ’


काठमाडौं, १० वैशाख । हरितालिका तीजलाई लक्षित गर्दै फिल्म ‘नाङ्गो गाउँ’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्मलाई भदौको २९ गतेबाट नेपालसहित विश्वभर यो फिल्म रिलिज हुनेछ ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झाको मुख्य भूमिका छ ।

हिमाल शर्माको प्रस्तुतिमा तयार भएको फिल्ममा जय श्रेष्ठको लगानी छ । सार्वजनिक फस्टलुकमा निर्माणपक्षले कुनै पनि कलाकारको तस्वीर प्रयोग गरेको छैन ।

निर्देशक दीपेन्द्र लामाले फिल्मको कथावस्तु गाउँ केन्द्रित रहेको बताए । फिल्मले सामाजिक कथावस्तुलाई बलियो तरिकाले प्रस्तुत गरेको उनको भनाई छ । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope