अमेरिकी डलरको भाउ स्थिर रहँदा, युराे बढ्याे


काठमाडौं, ११ वैशाख । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

अमेरिकी डलरको भाउ सोमबार स्थिर रहेको छ । यसअघि आइतबार ९ पैसाले घटेको अमेरिकी डलरको कारोबार सोमबार स्थिर रहेको हाे । सोमबार एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६५ पैसा कायम गरिएको छ । यसअघि आइतबार उक्त डलरको कारोबार सोहि मूल्यमा भएको थियो । 

 

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरोपियन युरो ५१ पैसाले बढेको छ । सोमबार युरो एकको खरिददर १४४ रुपैयाँ एक पैसा र बिक्रीदर १४४ रुपैयाँ ६७ पैसा कायम गरिएको छ। आइतबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ५० पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ १६ पैसा कायम गरिएको थियो।  

सोमबार बेलायती पाउण्ड स्टर्लिङ बढेको छ। यसको खरिददर १६२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६७ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ७८ पैसाले बढेको हो । आइतबार यसको खरिदमूल्य १६२ रुपैयाँ २४ पैसा र बिक्री मूल्य १६२ रुपैयाँ ९८ पैसामा कारोबार भएको थियो ।

 
त्यसैगरी, सोमबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ६९ पैसा र बिक्रीमा ८८ रुपैयाँ ९ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ७८ पैसा र बिक्रीमा ९७ रुपैयाँ २३ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रुपैयाँ २ पैसा कायम गरिएको छ । 

यता, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८३ पैसा कायम गरिएको छ । 

 

सोमबार साउदी अरेबियन र मलेसियन रिंगिटको कारोबार स्थिर रहेको छ। आज साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा, र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ५३ पैसा र बिक्रीदर २९ रुपैयाँ ६७ पैसामा पाइनेछ । यसअघि आइतबार पनि यि दुवैको कारोबार सोहि मूल्यमा भएको थियो ।  

 

उता, कुवेती दिनार एकको खरिदमा सोमबार ४२७ रुपैयाँ ६५ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ६१ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३४९ रुपैयाँ २७ पैसा तोकिएको छ।
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope