छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एसपीएका कानुन पढाउने प्राध्यापक पक्राउ


धनगढी, ११ वैशाख

धनगढीको सुदूरपश्चिमाञ्चल क्याम्पसका एक प्राध्यापक यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका छन् ।

एसपीए क्याम्पसमा प्ल्सटु अन्तर्गत कार्यविधि कानुन पढाउने प्राध्यापक चेतराज भट्टलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

भट्टले क्याम्पसमा अध्ययनरत आधा दर्जन छात्रालाई अनालाइनमार्फत यौन दुर्व्यवहार गर्ने गरेको आरोप लागेको छ । छात्राहरूलाई भिडिओ र म्यासेजमार्फत अश्लिल कुरा गर्ने गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

सोही विषयलाई लिएर पीडित छात्राहरुका आफन्त, साथी र विद्यार्थीले विरोध जनाएपछि भट्ट पक्राउ परेका हुन् । वडा प्रहरी कार्यालय धनगढीको टोलीले उनलाई समातेर जिल्ला प्रहरी कार्यालयमा बुझाएको हो ।
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope