बारा-२ अपडेट : शिवचन्द्र कुश्वाहाको अग्रता कायमै
बारा, ११ वैशाख । बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको मतगणना भइरहेको छ । पछिल्लो विवरणअनुसार जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले आफ्नो अग्रतालाई कायमै राखेका छन् ।
करैयामाई नगरपालिका–१, २ र ३ को सबै गणना भएको छ । ३ हजार २४१ मत गणना गर्दा कुशवाहले अग्रता कायमै राखेका हुन् । कुश्वाहाले १ हजार १४६ मत ल्याएर अग्रता लिँदा जसपा अध्यक्ष तथा गठबन्धन उम्मेदवार उपेन्द्र यादवले १ हजार ११७ मत प्राप्त गरेर पछ्याइरहेका छन् ।
एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५३८, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २४४ र आमजनता पार्टीको अरुण ज्ञावालीले ११४ मत ल्याएका छन् ।
बारा–२ मा आइतबार सम्पन्न मतदानमा ६८ हजार ८ सय ८६ मत खसेको छ । आइतबार बारा–२, चितवन–२ र तनहुँ–१ प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन भएको थियो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस