बारा-२ अपडेट : १७१७ मत गन्दा उपेन्द्र यादवको अग्रता कायमै
बारा, ११ वैशाख । बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको मतगणना भइरहेको छ । पछिल्लो विवरणअनुसार १७१७ मतगणना भइसकेको छ ।
जसमा जसपा अध्यक्ष तथा सत्तारुढ गठबन्धन उम्मेदवार उपेन्द्र यादवले अग्रता लिएका छन् । उनले ५१३ मत ल्याएर अग्रता लिँदा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ४८५ मत ल्याएर पछ्याइरहेका छन् ।
यसैगरी, एमाले पुरूषोत्तम पौडेलले ४२०, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २०७ र आम जनता पार्टीका अरूण ज्ञवालीले ५३ मत ल्याएका छन् ।
बारा–२ मा ६८ हजार ८८७ मत खसेको छ । आइतबार बारा–२, चितवन–२ र तनहुँ–१ प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन भएको थियो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस