भरतपुर महानगरपालिका उत्कृष्ट स्थानीय सरकार अवार्डद्वारा सम्मानित 


काठमाडौं, ११ वैशाख

चितवनको भरतपुर महानगरपालिका उत्कृष्ट स्थानीय सरकार अवार्डबाट सम्मानित भएको छ । विश्व खबर मिडिया प्रालिको छैटौं वार्षिक उत्सवको अवसरमा भरतपुर महानगरपालिकालाई उत्कृष्ट स्थानीय सरकार अवार्डद्वारा सम्मानित गरिएको हो । 

विश्व खबर मिडिया प्रालिले हरेक वर्ष प्रदान गर्दै आएको उक्त अवार्ड यस वर्ष भरतपुरलाई प्रदान गरेको छ । कार्य सम्पादन मूल्याङ्कनको आधारमा दे कै पहिलो स्थानीय तहमा पहिलो भएको हो । त्यसै आधारमा भरतपुरलाई सम्मानित गरिएको हो । विकास, समृद्धि र शुसानलाई आधार मानेर हरेक वर्ष देशभरबाट उत्कृष्ट एक स्थानीय सरकारलाई सम्मानित गर्ने गरेको प्रालिका अध्यक्ष संजिवकुमार दाहालले बताए । 

अघिल्लो वर्ष उत्कृष्ट जनप्रतिनिधिको रुपमा दोलखाको शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलाल र रसुवाको कालिका गाउँपालिकाका अध्यक्ष सिताकुमारी अधिकारी (पौडेल) सम्मानित भएका थिए ।
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope