मोदी इनर्जीले आइपीओ आह्वानपत्र सच्यायो


काठमाडौं, ११ वैशाख । मोदी इनर्जीले आईपिओ बिक्रीका लागि जारी गरेको आह्वानपत्र सच्याएको छ । आइतबार प्रकाशित गरिएको आह्वानपत्रमा यसअघि प्रकाशित आह्वानपत्रमा भने सर्वसाधारणका लागि ५९ लाख ९४ हजार ४२० कित्ता सेयर निष्काशन गरिने थियो जसलाई सच्चयाएर सर्वसाधारणमा ५५ लाख ५९ हजार ४२० कित्ता रहेको कम्पनीले जानाएकोहो । 
कम्पनीले वैशाख १९ गतेदेखि सर्वसाधारणका लागि आईपिओ बिक्री खुला गर्न लागेको छ । प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । यसमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । सो समयसम्ममा सबै सेयर बिक्री नभएमा भने जेठ २ गतेसम्म खुला रहनेछ ।
कम्पनीले कुल ७२ लाख ५० हजार कित्तामध्येबाट आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई यसअघि नै आइपीओ बाँडफाँट गरिसकेको छ । 
त्यस्तै, सामूहिक लगानी कोषमा ३ लाख २२ हजार २८० कित्ता सेयर र कर्मचारीका लागि १ लाख २८ हजार ९१० कित्ता सेयर सुरक्षित गरिएको छ । बाँकि ५५ लाख ५९ हजार ४२० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ ।
यस आइपीओलाई रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउने ‘आइआरएन डबल बी प्लास रेटिङ’ प्रदान गरेको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । सर्वसाधारणले सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope