लुम्बिनीका मुख्यमन्त्रीले मागे विश्वासको मत, भने ‘समृद्ध प्रदेश आत्मनिर्भर लुम्बिनीको लागि काम गरे’


दाङ, ११ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत मागेका छन्। 

 

प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री गिरीले दोस्रो पटक विश्वासको मत मागेका हुन । 

 

नेकपा माओवादी केन्द्रले यसअघि दिएको समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री गिरीले विश्वासको मत मागेका हुन । उनले नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम पुन: विश्वासको मत मागेका हुन्।

 

प्रदेशसभा बैठकमा बिशेष सम्बोधन गर्दै उनले संघीयता कार्यान्वयनको लागि आफ्नो नेतृत्व सरकारले थप आधार तय गर्न सफल भएको दावी गरेका छन् । 

 

‘यो सय दिनको अवधिमा मेरो नेतृत्वको लुम्बिनी प्रदेश सरकारले केही महत्त्वपूर्ण उपलब्धीहरू हासिल गरेको छ र थप आधार पनि निर्माण गरेको छ,’ विश्वासको मत माग्दै उनले भने, ‘समृद्ध प्रदेश आत्मनिर्भर लुम्बिनीको मुल उद्देश्य पुरा गरी दिगो विकास लक्ष्य हासिल गर्न लुम्बिनी प्रदेश सरकारले निजी क्षेत्र, सहकारी, समुदाय र विकास साझेदारसँग सुदृढ सम्बन्ध र सहकार्यको थालनी गरेको छ।’


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope