कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक
काठमाडौं, १२ वैशाख
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२)ले वैशाख २६ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार एक हजार ४५३ परीक्षा केन्द्र रहने छन् ।
परीक्षा नियन्त्रण कार्यालयले कतिपय विषयको नमुना प्रश्नपत्रमा विद्यार्थी तथा शिक्षकहरुको सुझाव अनुसार परिमार्जन गर्दै लगिरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । अथवा राखेर वैकल्पिक प्रश्न नराखिएको केही विषयमा पनि राखिनुपर्ने सुझाव आएकोले त्यसरी परिमार्जन गरिएको उनले बताए ।
नयाँ पुरानो गरेर करिब तीन सय प्रश्नपत्रहरु तयार भइरहेको परीक्षा नियन्त्रक शर्माले जानकारी दिए ।
विद्यार्थीको उत्तरपुस्तिका दुर्गम जिल्लाका परीक्षा केन्द्रमा पुगिसकेको छ । कोभिडको कारण बोर्डले शैक्षिक सत्र २०७७ देखि प्रश्नपत्र प्रकाशन गर्न छोडेको छ । परीक्षा बोर्डले अनलाइन माध्यमबाट पठाउने प्रश्नपत्र परीक्षा केन्द्रले आफैं प्रिन्ट गर्नुपर्नेछ ।
चार लाख ६७ हजार परीक्षार्थीहरु परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस