जिरोनाका कास्टेलानोस चम्किदा रियल म्याड्रिड पराजित 


काठमाडौं, १३ बैशाख । स्पेनिस ला लिगाको दोस्रो स्थानमा रहेको रियल म्याड्रिड पराजित हुन पुगेको छ ।

भ्यालेन्टिन कास्टेलानोस एक्लैले म्याड्रिडको गोलपोष्टमा चार गोल हान्दै जिरोनाले रियललाई ४–२ ले पराजित गरेको हो । 

मंगलबार राति घरेलु मैदानमा भएको खेलमा जिरोानका कास्टेलानोसले खेलको १२ औ मिनेटमा पहिलो गोल गरेका थिए । म्याड्रिडको पोष्टमा गोलको बर्षा गरेका कास्टेलानोसले २४औं मिनेटमा थप अर्को गोल गरेर पहिलो हाफको सुुरुवातीमा नै जिरोनालाइ  २–० को अग्रता दिलाउन सफल भए । 

 

यसैगरी, खेलको ३४औं मिनेटमा रियलका भिनिसियस जुनियरले गोल गर्दै खेललाई २–१ को स्थीतिमा ल्याई दिए । पहिलो हाफमा खेल २–१ को अवस्थामा रहन पुग्यो ।   

 

तर, दोस्रो हाफको सुरुमा नै कास्टेलानोसले पुन तेस्रो गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेर जिरोनालाई ३–१ को अग्रता दिलाए । साथै, ६२औं मिनेटमा उनले व्यक्तिगत चौथो गोलको मद्धतले जिरोना ४–१ को अग्रता लिन सफल भयो ।

८५औं मिनेटमा लुकास भजक्वेजले रियलका लागि गोल दोस्रो गोल गरे ।

 

खेल अन्तत ४–२ मा टुंगिन पुग्यो । 

 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope