प्रतिनिधिसभा बैठक बस्दैः आज संबैधानिक परिषद सबन्धी बिद्येयक पारित गरिने


काठमाडौं, १३ बैशाख । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । 

 
संघीय संसद भवन, वानेश्वरमा दिउँसो ३ बजे प्रतिनिधिसभाको बैठक बोलाईएको छ । 

 

आजको बैठकवाट संसदीय समितिको काम कारवाही सुरु हुनेछ । जसअनुसार संसदीय सुनवाई समितिमा रहने सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गरिनेछ । 

 

बैठकमा, प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० अनुसार बिशेष समिति गठन गर्नका लागि माननीय इश्वरीदेवी न्यौपानेले प्रस्ताव पेश गर्ने तथा माननीय रघुजी पन्तले समर्थन गर्ने अर्को कार्यसुची पनि बनाईएको छ ।

 

आजको सम्भावित कार्यसुचीमा उल्लेख भए अनुसार संबैधानिक परिषद सबन्धी बिद्येयक आजै पारित गरिनेछ । 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संबैधानिक परिषद (काम, कर्तब्य, अधिकार र कार्यबिधि) संबन्धी पहिलो संसोधन बिद्येयक २०७९ माथीको दफाबार छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुची रहेको छ । 

 

संघीय संसद सचिवालयका महासचिव भरतराज शर्माका अनुसार सो प्रस्तावलाई आजै निर्णर्याथ प्रस्तुत गरी आजै पारित गरिने गरी कार्यसुची तयार गरिएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope