एलआरआई स्कुल तथा रसियन संस्थाबीच संयुक्त हस्ताक्षर


काठमाडौं, १५ वैशाख

काठमाडौं कलंकीको एलआरआई स्कुल, स्टेट अटोनोमस एडुकेसनल इन्सट्यूट अफ एडिसनल प्रोफेसनल एजुकेसन अफ मस्को सिटी “सेन्टर अफ पेडागोजिकल प्रोफेसन्सि” र अटोनोमस नन् प्रफिट अर्गनाईजेसन “स्कुल अफ द सेन्टर अफ पेडागोजिकल प्रोफेसन्सि” बीच त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ।

उक्त संस्थाहरुबीच शैक्षिक, सांस्कृतिक तथा ऐतिहासीक सिकाइ तथा अनुभव आदान प्रदान गर्ने उद्देश्यले सो सम्झौता गरिएको हो। अनलाईन प्रविधि मार्फत त्रिपक्षीय उपस्थितिमा एलआरआईका प्राचार्य डा. देबकान्त जोशी र रसिया मस्को संस्थाका डाइरेक्टरहरु आर्टम सिसोभ तथा  भिक्टर फुरिनले आज आयोजित एक समारोहबीच सम्झौता सम्पन्न भएको हो।

हरेक विद्यार्थीहरु आफैमा विशिष्ट क्षमताका हुने भन्दै तिनीहरुको क्षमतालाई नियमित  शैक्षिक अध्ययनका साथै राष्ट्रिय  तथा अन्तराष्ट्रिय स्तरको अवलोकन भ्रमणले थप प्रभावकारी एवंम शसक्त  बनाउन मद्दत पुग्ने  प्रा.चार्य डा. जोशी बताए।

सम्झौता कार्यक्रम अन्तर्गत दुबै देशका विद्यार्थीहरुले एक अर्काका देशको भ्रमण गरि शिक्षा प्रणाली, सांस्कृतिक, ऐतिहासिक तथा मनोरन्जनात्मक गतिविधिहरुमा प्रत्यक्ष सहभागी भई अनुभव हासिल गर्नेे मौका पाउने छन्।

एलआरआई.स्कुलले विगत लामो समय देखि विश्वका १७ वटा मुलुकका विद्यालयहरुसंग सम्झौता गरी शैक्षिक, ज्ञान, सिप तथा सांस्कृतिक महत्वका विषयमा जानकारी आदान प्रदान गर्दै आएको छ। कोभिडका कारण सो कार्यक्रम  स्थगन भएको थियो।

हाल जनजीवन सामान्य भए संगै  कार्यक्रमलाई निरन्तरता दिन रुसको संस्थासँग नयाँ सम्झौता गरिएको विद्यालयका प्रमुख प्रशासकीय अधिकृत दीपक जोशीले बताए। 

वर्तमान विश्वव्यापीकरणको समयमा यस्ता जानकारी मुलक अन्तराष्ट्रिय स्तरका भ्रमणले विद्यार्थीहरु आत्मविश्वास, आत्मअनुशासन, समाजिकिकरण, सिक्ने भावना जस्ता व्यवहारमा सकारात्मक प्रभाव पार्ने विभिन्न अध्ययनवाट पुष्टि भएको विद्याँलयले जनाएको छ।

कार्यक्रम अन्तर्गत रसीयन टोलीले जेठ महिनामा नेपालको भ्रमण गर्ने कार्यक्रम तए भएको एलआरआई नेपाल तथा रसीया शैक्षिक आदान प्रदान कार्यक्रम संयोजक कौशल पन्तले बताए। 
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope