लुम्बिनीका मुख्यमन्त्रीको आज सपथ ग्रहण, मन्त्रीहरुको अझै छैन टुंगो
बुटवल, १५ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनियताको सपथ लिदैछन् ।
नेकपा माओवादीसहितका राजनीतिक दलको समर्थनमा बिहिवार मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन । प्रदेश प्रमुखको कार्यालय, बुटवलमा अपरान्ह १ बजे पद तथा गोपनियताका सपथ हुनेछ ।
नेपालकाे संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले उनलाई बिहिवार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । तर, मुख्यमन्त्री चौधरीसँग मन्त्रीहरुले सपथ लिन्छन कि लिन्नन भन्ने अझै टुंगो भने लागेको छैन् ।
यद्धपी, मुख्यमन्त्री गिरीले मन्त्रीहरुका आंकक्षी आफनै पार्टी नेपाली कांग्रेसका सांसद तथा सत्ता सहयोगी नेकपा माओवादी केन्द्रका सांसदहरुसँग भने छलफल गरिरहेका छन् ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस