उदाउँदै जानकी नवमी


चैत महिनाको शुक्ल पक्षको नवमी तिथिमा हामीले राम नवमी मनाउँदै गरेका छौ। यो बडो भक्ति र आस्थाका साथ पूजा आराधना गरेर मनाउने गरिन्छ। भनाइको मतलब नेपालीले यसलाई विशेष दिनको रूपमा लिने गरेका छन् ।

राम नवमीको ठ्याक्कै एक महिना पछि वैशाख शुक्ल पक्षको नवमी तिथिमा जानकी नवमी हुन जान्छ। जानकी नवमी मनाउन तर परै जाओस् धेरैलाई यसको बारेमा थाहा नहुन पनि सक्छ ।

जानकी भन्नासाथ हाम्रो मानसपटलमा एक आदर्श नारीको चित्रण हुन पुग्छ जो आफ्नो स्वभाव ,विचार र उत्तम सोचका कारण उदाहरणीय छिन्। उनको धैर्य र कर्म को बखान जति गर्दा पनि कमै हुन जान्छ।उनी मिथिलाको राजा जनकका छोरी थिइन् ।भनिन्छ बाह्र वर्ष देखि वर्षा नहुँदा मिथिलावासीको जनजीवन कष्टकर हुन गएको थियो ।आफ्नो प्रजाको कष्ट निवारणका लागि जब राजन विदेह हलो जोत्न लागे त्यही सुअवसरमा एउटा बालिका प्रकट भइन् । उनी नै वैदेही अर्थात् जानकी हुन्। जानकीलाई विभिन्न नामले पुकारिने गरिन्छ ।सीता,वैदेही,जानकी,मैथिली सब यिनकै नाम हुन्। सानै उमेर देखि उनी अति नै बुद्धि र विवेकी थिइन । उनको सोच र कुशलता हेरेर स्वयम् राजा जनक जो महान् विद्वान एवम् सन्त थिए पनि छक्क पर्थे। आफ्नो यस्तो सर्व गुणी छोरीको विवाह कसरी गर्नुहोला भन्ने चिन्ताले उहाँलाई छुन पुग्यो । भनिन्छ हरेक समस्याको समाधान सीतासँग हुन्थ्यो ।आफ्नो पिता राजा जनकको समस्याको समाधान  उनी बाल्यकालमा नै शिव धनुष उठाएर दिएका थिए। त्यसैले जसले यो धनुष उठाउन सक्छन् त्यसैसँग म आफ्नो छोरीको बिहे गर्छु भन्ने घोषणा राजा जनकले गरेका थिए। सीतासँग विवाह गर्न देश विदेशका थुप्रै वीरहरू आए। तर ती मध्ये कोहीले पनि शिव धनुष उठाउन त के हल्लाउन पनि सकेनन् ।अयोध्यावासी राजा दशरथका ज्येष्ठ सुपुत्र श्रीराम धनुष उठाउन सफल भए र उनीसँग सीताको विवाह भयो ।

हामी नेपाली गर्वका साथ भन्ने गर्छौ सीता नेपालकी छोरी हुन्। हाम्रो मान सम्मान र आदर्श हुन्। तर त्यही छोरीको जयन्ती मनाउनको लागि आफ्नै माइतको जो पहल हुनुपर्ने थियो देखिएको छैन। हामी नेपालीको संस्कार भनेको अतिथि  देवो हुन्। झन् ज्वाइँलाई त यहाँ विष्णुको स्वरूप नै ठानिन्छ । नेपालीको विशेषता पनि यही हो कि हामी ज्वाइँको अभिनन्दन अगाडि छोरीलाई बिर्सिने गर्छौ । यो नेपालीको महानता हो। ज्वाइँको आदर भाव हुनु पनि जरुरी हो।

हामी ज्वाइँको आदर भाव एक महिना अगाडि नै चैत शुक्ल नवमी तिथिमा राम नवमी  हर्षोल्लास साथ मनाएर गर्‍यौ। अब छोरीको जयन्ती आएको छ त्यसलाई पनि खास बनाउनु पर्ने हाम्रो कर्तव्य हो। सीता जस्ती छोरी हाम्रो लागि मात्रै नभएर सबैका लागि प्रेरक हुन्। नी आजको युगको लागि प्रेरणा हुन्। उनको जीवनीले हामीलाई पाठ सिकाउँछ। जीवनको विकट र प्रतिकुल परिस्थितिमा कसरी अगाडि बढ्नु पर्छ भन्ने हामी उनको जीवनबाट सहजै सिक्न सक्छौ। उनी एक आदर्श छोरी,एक आदर्श बुहारी, एक आदर्श आमा र एक आदर्श रानी थिइन् ।समग्रमा भन्नू पर्दा उनी एक आदर्श नारी थिइन्, हुन् ।

मिथिला भनेको प्राचीनकामा एउटा राष्ट्र   थियो । हाल मिथिलाको केही भूभाग नेपालमा पर्न गएको छ भने केही भूभाग भारतमा। मिथिलांचल (पहिलेको मिथिलाको भूभाग)मा केही वर्ष यता आएर जानकी नवमीको चहलपहल राम्रो देखिन थालेको छ। जानकी नवमी श्रद्धा र भक्तिका साथ भजन कीर्तन र पूजा आराधना गरी धूमधाम साथ मनाउन थालिएको छ। यो कदम पक्कै पनि प्रशंसनीय छ। मिथिलांचल मात्रै नभएर नेपालीले पनि यसलाई एउटा खास चाड बनाएर मनाउनु पर्ने देखिन्छ । छिमेकी राष्ट्र भारतले पनि आफ्नो ध्यान यता पुर्‍याउनु पर्ने देखिएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope