महावीर पुनको आन्दोलनमा राप्रपाको ऐक्यबद्धता, लिङ्देनसहितका नेता पुन माइतीघर (फोटो फिचर)

काठमाडौं, १६ वैशाख । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले गत शुक्रबारदेखि विभिन्न माग राखेर आन्दोलन जारी राखेका छन् ।
कुल बजेटको २ प्रतिशत अनुसन्धानमा खर्च गर्नुपर्ने, नवउद्यमीहरुलाई हतोत्साह गर्न नहुने,जस्ता माग राखेर पुनले शुक्रबार माइतीघर मण्डलामा धर्ना दिइरहेका छन् । उनको आन्दोलनलाई विभिन्न पेसा व्यवसायमा संलग्नदेखि राजनीतिज्ञहरुले पनि साथ दिइरहेका छन् ।
आइतबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेता माइतघर मण्डलामा पुगेर पुनको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन् । शनिबार पनि राप्रपाकै डा. प्रकाशचन्द्र लोहनी, रवि मिश्र माइतीघर पुगेर पुनको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका थिए ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस