स्वास्थ्य क्षेत्रको सुधार कार्यलाई प्राथमिकतामा राख्ने छु : मेयर यादव

मुकेश कुमार यादव
सिरहा, १७ वैशाख
आर्या फर्मा ल्याब प्रालिको आयोजना र मनिष मेडिसिन सेन्टर सिरहाको समन्वयमा एकदिने पारा मेडिकल कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला सदरमुकाम सिरहामा रहेको मनिष मेडिसिन सेन्टरको प्राङ्गणमा भएको सो कार्यक्रममा सिरहा नगरपालिकाका नगर प्रमुख डा. नवीन कुमार यादवले स्वास्थ्य क्षेत्रलाई लक्षित गरेर विशेष प्रकारका कार्यक्रम ल्याउन लागेको बताए ।
'विगतका दिनमा यो फर्मासंग जुडेर स्वास्थ्य क्षेत्रमा राम्रो काम गरेको छु,' नगर प्रमुख यादवले भने, 'राम्रो औषधि उत्पादन गरेपछि मूल्यांकनमा नेपालमा तेश्रो स्थान हासिल गरेको छ ।
विपन्न लक्षित गरिने स्वास्थ्य सुधारका कार्यक्रममा सहयोग गरिदिन उनले आग्रह गरे । नगरपालिकाले स्वास्थ्य क्षेत्रको सुधारका कार्यहरूमा यस फर्मले उत्पादन गर्दै आएको वस्तु तथा सेवालाई प्राथमिकतामा राख्ने उनले प्रतिवद्धता जनाए ।
खासगरी यो फर्माले औषधि उत्पादन गर्दै आएको फर्माशिष्ट विवेकानन्द भुडेरले बताए ।उत्पादित औषधि तथा सेवाबारे आउने सुझावलाई प्राथमिकतामा राखेर काम गर्ने उनको दाबी छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस