अन्तर्राष्ट्रिय श्रमिक दिवसमा मजदुरका पीडा (फोटो फिचर)

काठमाडौं, १८ वैशाख । विश्वभर सोमबार अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ । नेपालले पनि मनाइरहेको छ । सोमबार बिहानै राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेतादेखि सर्वसाधारण सबैले श्रमिक दिवसको अवसरमा मजदुरको पक्षमा शुभकामना दिएका छन् ।
तर, मजदुरलाई भने यसले कुनै प्रभाव पारेको देखिँदैन । दैनिक मजदुरी गरेर बिहान बेलुकाको छाक टार्ने मजदुरलाई विश्वभर मनाइरहेको श्रमिक दिवसले छोएको छैन ।
काठमाडौंमा केही दिनयता झरी परेको छ । सोही झरीमा रुझ्दै श्रमिक आफ्नो कर्ममा सोमबार बिहानैबाट खटिएका छन् । जसलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसले छोएको छैन ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार सरकारले सार्वजनिक बिदा पनि दिएको छ । तर, अधिकांश निजी क्षेत्रमा काम गर्ने कर्मचारी र संस्थागतविहीन मजदुर भने सोमबार पनि अतिरिक्त सुविधाविना नै काम खटिएका छन् ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस