ओलीजी माथीको आक्रामण प्रयासमा सत्तारुढ दलको संलग्नता छैन्ः प्रधानमन्त्री प्रचण्ड 


चितवन, १८ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशको नामकरणको आन्दोलनमा सत्तारुढ दल सहभागी नभएको बताएका छन्  ।

 

चितवनमा आयोजित पत्रकारसम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लक्षित आक्रामणमा सत्तारुढ दलको संलग्नता नरहेको पनि जनाएका छन् ।

 

‘केपी ओलीजी पुर्व जाँदा केही आक्रामणको प्रयास भएको बुझियो, त्यसलाई सरकारले गम्भिरतापुर्वक लिएको छ, त्यसमा कोशी प्रदेश नामाकरणसँग असहमति राख्नेहरु छन तर सत्तारूढ दलको संस्थागत विरोध भन्ने कुरा चाँही विल्कुलै होइन। त्यो झुठो कुरा हो,’ प्रचण्डले भने । तर, एमाले अध्यक्ष ओलीले प्रदर्शनमा पूर्वराजपरिवारमामा आस्था राख्ने मानिसहरु रहेको गर्नुभएको छ, त्यो चाँही निकै संवेदनशील बिषय हो, प्रधानमन्त्री प्रचण्डले भने ।

प्रधानमन्त्री प्रचण्डले आफनो सरकार पाँचै बर्ष टिक्ने जनाउँदै हल्लाको पछि नलाग्न अनुरोध गरेका छन् । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope