मधेशमा वन मासिएको भन्दै संरक्षण अभियन्ताहरुको चिन्ता


विशाल बस्नेत/न्युज कारखाना

महोत्तरी, १९ वैशाख

मधेशमा वन मासिएको भन्दै वन संरक्षक अभियन्ताले चिन्ता व्यक्त गरेका छन् ।

 सामुदायिक वन उपभोक्ता महासंघ मधेश प्रदेशको दोश्रो अधिवेशनको खुल्ला सत्रमा बोल्दै वक्ताहरूले वन संरक्षणको मुख्य चुनौती बन्दै गएको बताए ।

आज धनुषाको मिथिलामा भएको उक्त कार्यक्रममा वनका कर्मचारीको समेत मिलोमतोमा वनको दोहन भइरहेको अभियन्ताहरूले आरोप थियो ।

सामुदायिक वन उपभोक्ता माहासंघकी केन्द्रीय अध्यक्ष  भारती पाठकले प्राकृतिक स्रोतको मालिक जन्ता नै भएको तर  सामुदायिक अधिकार स्थापित हुन अझै समस्या बनिरहेको बताइन् ।

त्यस्तै सरोकारवालाहरूको बेवास्ताले वन विनासमा वृद्धि भएको बताउँदै सामुदायिक वन उपभोक्ता माहासंघका केन्द्रीय सदस्य बिष्णुदेव महतोले चुरेसहित वन दोहनकै कारण मानवजीवनमा गम्भीर संकट सिर्जना बन्दै गएको धारणा व्यक्त गरे ।

सागरनाथ वन परियोजना अन्तर्गतको १३ हजार हेक्टर वन क्षेत्रसमेत राष्ट्रिय वनमा राखेर सरकारले बेइमानि गरेको वन विज्ञ सुजित कुमार झाले बताए । अफ्ठ्यारो ऐन, कानुनको कारण वन संरक्षणमा थप चुनौती थपिँदै गएको झाको भनाइ छ ।

पानीको खानी रहेको चुरेमा वन विनासकै कारण संकट उत्पन्न भइरहेको र भविष्यमा गम्भीर संकट सिर्जना हुनेतर्फ पनि वन संरक्षक अभियन्ताले ध्यानाकर्षण गराएका छन् ।

केन्द्रीय कोषाध्यक्ष पार्वती गौतमले जैविक पारिस्थितिक प्रणालीको संरक्षण र वन संरक्षणमा सामुदायिक वन उपभोक्ता माहासंघले महत्त्वपूर्ण योगदान दिएको भन्दै अब सहि सदुपयोग गर्ने समय आएको बताइन् ।

'अब हामीले वनको हरितलाइ उपभोग गर्न सक्नुपर्छ, उधोग कलकारखाना तथा हरेक चिजलाइ हरितयुक्त बनाउन सक्नुपर्छ,' उनले भनिन् ।

केन्द्रीय सचिव ठाकुर भण्डारीले सरकारले नै सामुदायिक वन उपभोक्तालाई अन्याय गरिरहेको बताए । सरकारले जन्ताको अधिकार खोसेर एकले अर्कोलाइ दोष थुपारेर पन्छिन खोजेको सचिव भण्डारीको भनाइ छ ।

सामुदायिक वनलाइ अधिकारसम्पन्न वनाउन राजनीतिक नेतृत्व बाधक भएको भन्दै सरकारले वनलाई ध्वस्त बनाउन उद्द्त भएको उनले  आरोप लगाए ।

मधेश प्रदेश सरकार नै सामुदायिक वनको विषयमा अल्लमल्लमा पर्दा केही समस्या रहेको प्रष्ट पार्दै प्रदेशसभा सदस्य सारदादेवी थापाले प्रदेश सरकारमा चुरे तथा वन संरक्षणमा विज्ञ नभएको स्वीकार गरिन् ।

खुल्ला सत्रमा सामुदायिक वन उपभोक्ता माहासंघ मधेश प्रदेशका अध्यक्ष सोम शर्मा, मधेश प्रदेश सरकारका सभामुख रामचन्द्र मण्डल र वन संरक्षक विभिन्न अभियन्ताले आफ्नो धारणा राखेका थिए ।

 

 

 

 

 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope