नेपाल चीन सम्वन्ध जनस्तरमा : उपराष्टपति यादव


भक्तपुर, २० वैशा

उपराष्टपति राम सहाय यादवले नेपाल र चीन दुई देशवीचको सम्वन्ध जनस्तरसम्म नै कायम रहेको बताएका छन् । डा इवामुरा मेमोरियल अस्पताल सल्लाघारी भक्तपुरले सञ्चालन गर्न लागेको निःशुल्क शल्यक्रियाको बुधबार अस्पताल परिसरमा उदघाटन गर्दै उनले नेपाल र चीनवीचको सम्वन्ध सरकारीस्तरमा मात्रै नभई जनस्तरमासमेत प्रगाढ रहँंदै आएको बताए । त्यस अवसरमा उपराष्टपति यादवले चीनवीचको मित्रता गहिरो रहेको बताए । 

अस्पतालले वैशाख २० र २१ गते निःशुल्क शल्यक्रिया शिविर गर्न लागेको छ । त्यसैको बुधबार उदघाटन गरिएको हो । यसअघि वैशाख ९ गते मोतीविन्दुका विरामीहरुका लागि निःशुल्क आँंखा शिविर सफलतापूर्वक सम्पन्न भएको थियो । उक्त शिविरबाट लाभ लिएका विरामीहरुका लागि निःशुल्क शल्यक्रिया शिविर गर्न लागेको हो । 

कार्यक्रममा अस्पतालका मेडिकल कोअर्डिनेटर डा जितेन्द्रप्रसाद सिंहले चीनको सन्चन् छाओछीग होइसँंग सहकार्य गरी अरनिको समाजले अस्पतालमा मोतिविन्दुका विरामीहरुको निःशुल्क आँंखा शिविर गरेको जानकारी गराए । कार्यक्रमका अन्य वक्ताहरुले पनि नेपाल चीन सम्वन्धबारे चर्चा गरेका थिए । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope