काठमाडौं र सुनसरीबाट नक्कली नोटसहित तीनजना पक्राउ


काठमाडौं, २२ वैशाख । काठमाडौंका विभिन्न स्थानबाट नक्कली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जाजरकोट घर भई काठमाडौं टोखा नगरपालिका-७ बस्ने ३१ वर्षीया सम्झना गहतराज र बाँके नेपालगंज घर भई काठमाडौं बागबजारस्थित होटलमा बस्ने ३२ वर्षीय सादाय हलुवाई रहेका छन् ।

 

गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्ती क्षेत्रमा नक्कली नोटहरुबाट सामान किनबेच हुने गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले सम्झना गहतराजलाई एक हजारको १ थान नक्कली नोटसहित फेला पारी पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा काठमाडौं बागबजारस्थित सादाय हलुवाईको कोठाबाट एक हजार दरको ४९ थान नक्कली नोट, प्रिन्ट गरेको काट्न बाँकी एकहजार दरको नोट १ सय २६ थान, पाँच सय दरको नोट २ थान, प्रिन्ट गरेको काट्न बाँकी पाँच सय दरको नोट ६० थान, प्रिन्टर मेसिन १ थान, बैंकको चेक बुक १ थान, नेपाली नागरिकता १ थान, फलामको रूलर १ थान, मसि ५ थान, रंगिन पेपर ५० थान, फोटोकपि पेपर र मोबाइल २ थान फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर मुद्रा सम्बन्धी कसूरमा प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको छ । 

 

सुनसरीकाे ईटहरी उपमहानगरपालिका-१ आपगाछीबाट एक हजार दरको ६ थान र पाँच सय दरको २२ थान नक्कली नोटसहित गढी गाउँपालिका-२ बस्ने ३८ वर्षीय जमिल खातुनलाई  प्रहरीले पक्राउ गरेको छ ।

 

उक्त स्थानमा लागेको सिरुवा मेलामा खातुनले जेरी किनमेल गरी एक हजार दरको नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनलाई तलासी गर्दा उनको साथबाट उक्त नक्कली नोट फेला परेको हो । 

 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope