पहिरोले पाल्पा–बुटवल सडक खण्ड अबरुद्ध, सयौं सवारी साधान अलपत्र


पाल्पा । पहिरो खसेपछि पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध भएको छ । 

 

शुक्रबार बिहानदेखि सिद्धार्थ राजमार्गको गौडेपुलको कालीमाटी क्षेत्रमा पहिरो खसे पछि सो सडक खण्ड अबरुद्ध हुन पुगेको हो ।

 

सडक डिभिजन कार्यालयले घुम्ती सुधार गरेको स्थानमा नै ठूलो पहिरो खसे पछि सयाैँ सवारी साधान अलपत्र परेका छन् । सडकमा पहिरो खसेपछि सा राजमार्ग हुदैँ सुनौली, पोखरा र मुस्ताङसम्म चल्ने सवारी साधन अवरुद्ध हुन पुगेको स्थानियवासीले जनाएका छन् ।

त्यसमाथी  सिद्धबाबा सुरुङ मार्ग आयोजनाले राति १० देखि बिहान ४ बजेसम्म सडक बन्द गरिरहेको अवस्थामा पुनः पहिरो गए पछि  सवारीसाधन सडकमा अलपत्र परेका छन् । 

 

नेपाल प्रहरीले सडक डिभिजनसँगको समन्वयमा पहिरो पन्छाउन सुरु गरेको ट्राफिक प्रहरी प्रमुख दामोदर मल्लले जानकारी दिए । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope