शहिद स्मारक ए डिभिजनः आज दुई खेल हुँदै


काठमाडौं, २२ बैशाख । शहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् ।  

आजको खेलमा नेपाल पुलिस क्लव र हिमालयन शेर्पा भिडने छन भने दोस्रो खेलमा जावलाखेल युथ क्लब र खुमलटार प्रतिस्पर्धामा उत्रने छन् ।

 

एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । सो खेल अपरान्ह ३ बजेवाट सुरु हुनेछ ।

 

शीर्ष स्थानमा रहेको जावलाखेलले १४ खेलवाट २४ अंक जोडेको छ भने समान खेल खेलेको खुमलटार भने १४ अंकमा सिमित रहेको छ ।

 

यसैगरी, दशरथ रंगशालामा पुलिस क्लब र हिमालयन शेर्पा एक आपसमा प्रतिस्पर्धामा उत्रनेछन् । निरन्तर बर्षाको कारण च्यासल मैदान खराब भए पछि उक्त खेल रंगशालमा हुन लागेको हो ।

 

पुलिसले १४ खेलवाट १५ अंक बटुलेर १२ औं स्थानमा पुगेको छ भने शेर्पा १४ खेलवाट १७ अंकसहित दशौँ स्थानमा छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope