सुन्दरबजारको नमूना अस्पतालमा निःशुल्क सुरक्षित प्रसुति सेवा शुरु


लमजुङ २२ बैशाख । लमजुङ क्लब सुन्दरबजारमा सञ्चालित एचडिसिएस नमूना सामूदायिक अस्पतालमा प्रसुति सेवा निःशुल्क उपलब्ध हुने भएको छ ।

 

सुन्दरबजार नगरपालिकाको स्वास्थ्य शाखाले आवश्यक अनुगमन गरी आमा सुरक्षा कार्यक्रम संचालन गर्न विहिबारबाट स्वीकृत दिएको हो ।

 

यसअघि सुन्दरबजार नगरपालिका अन्तर्गत तीनबटा स्वास्थ्य संस्थामा प्रसुति सेवा उपलब्ध भए पनि प्रभावकारी रुपमा सञ्चालन हुन सकेको थिएन । यसअघि चन्द्रेश्वर प्राथमिक स्वास्थ्य केन्द्र, कुन्छा स्वास्थ्य चौकी र सुन्दरबजार अस्पतालमा प्रसुति सेवा उपलब्ध भएपनि यी संस्थाहरुमा सुत्केरी गराउनेको संख्या अत्यन्तै न्यून रहेको थियो । एचडिसिएस नमूना सामूदायिक अस्पतालमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा समेत उपलब्ध भएका कारण उक्त संस्थामा अन्य संस्थाहरुले समेत रिफर गर्न सक्ने नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमेश्वर पियाले बताए ।

 

स्वास्थ्य शाखाले नगरपालिका अन्तर्गत रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरुले सुरक्षित प्रसुति सेवाको लागि एचडिसिएस नमूना सामूदायिक अस्पतालमा रिफर गर्न सक्ने जनाएको छ ।

 

नमूना सामूदायिक अस्पतालका निर्देशक हेमन्त श्रेष्ठका अनुसार अस्पतालमा छुट्टै प्रसुति विभाग र गाईनोलोजिष्ट सेवा समेत उपलब्ध छ । वेसीशहरमा सुरक्षित प्रसुति सेवालाई प्रभावकारी रुपमा संचालन गरेको एचडिसिएसले नमूना सामूदायिक अस्पतालमा समेत प्रसुति वार्ड व्यवस्थापन गरिसकेको छ । अस्पतालमा उपलब्ध सेवा सुविधा, वार्ड लगायतको अनुगमन पछि स्वास्थ्य शाखाले आमा सुरक्षा कार्यक्रम संचालन गर्न स्वीकृत प्रदान गरेको हो ।

 

अव नमूना सामूदायिक अस्पतालबाट गर्भवती महिलाहरुले निःशुल्क परामर्श, स्वास्थ्य चेकजाँच, गर्भवती परीक्षण, प्रसुति सेवा लगायतका सेवा उपलब्ध हुनेछन् ।

 

एचडिसिएस नमूना सामूदायिक अस्पतालमा निःशुल्क प्रसुति गराउने महिलाहरुले सरकारको आमा सुरक्षा कार्यक्रम अन्तर्गत पाउने २ हजार रुपैयाँ, न्यानो झोला, गर्भावस्थामा नियमित परीक्षण गराउनेलाई थप ८ सय रुपैयाँ उपलब्ध हुनेछ । एचडिसिएसले कार्यक्रमको प्रभावकारीता हेरेर पछिल्ला दिनमा थप सुविधा पनि दिन सक्ने अस्पतालले जनाएको छ ।

 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope