अमेरिकामा ट्रकको ठक्करवाट नेपाली महिलाको मृत्यु
काठमाडौं, २३ बैशाख । अमेरिकाको टेक्सास राज्यमा ट्रकको ठक्करमा परी एक नेपाली महिलाको मृत्यु भएको छ ।
रक्डेल सिटीनजिकै बिहीबार साँझ ट्रकले ठक्कर दिए पछि घाइते भएकी प्रमिला सुवेदीको निधन भएको हो । उनी एनआरएन आइसीसीको अमेरिकाका क्षेत्रीय उपसंयोजक रामकुमार सुवेदीकी धर्मपत्नीसमेत हुन ।
रक्डेल सिटीनजिकै छोरालाई विश्वविद्यालय पुर्याएर फर्किने क्रममा प्रमिलाले आफैले चलाएको कारलाइ बिहीबार साँझ ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करवाट घाइते ४७ वर्षीय सुवेदीको घटनास्थलमै मृत्यु हुनु पुगेको जनाइएकाे छ ।
दुई दशकदेखि सुवेदी दम्पति अमेरिकाको टेक्सासमा बस्दै आएका थिए। उनीहरुको सन्तानको रुपमा दुई छोराहरु रहेका छन्।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस